गभर्नरलाई हप्ता बुझाएका छैनौँ – एनआईसी एसिया बैंक

काठमाडौँ – एनआईसी एसिया बैंकले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हप्ता नबुझाएको स्पष्ट पारेको छ । ‘एनआईसी एसिया बैंकबाट करोडौं हप्ता उठाउँछन् राष्ट्र बैंकका गभर्नर अधिकारी, नपत्याए हेर्नुहोस् प्रमाण’ शीर्षकको समाचारमा खण्डन पठाउँदै बैंकले हप्ता नबुझाएको स्पष्ट पारेको हो ।
‘यस बैंकका सञ्चालक समितिका अध्यक्ष, सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृतज्यू र विभिन्न विभागहरुमा कार्यरत व्याक्तिहरुलाई समावेश गरि बैंक तथा वित्तीय संस्थाको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक एंव यसका गर्भनर, सुपरभिजन विभागका कार्यकारी निर्देशकज्यूहरु सहितको पदिय मानमर्यादालाई वेवास्ता गरि एन आई सी एशिया बैंकबाट करोडौं हप्ता उठाँउछन् भनी हुँदै नभएको, …