छोरी ज्वाईंलाई आमाको कोसेली ‘बीमा’


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : शुक्रबार, असार १० २०७९
912
SHARES

काठमाडौं – आमा बुबाको लागि आफ्ना सन्तान प्राण भन्दा पनि प्यारो हुन्छ । सन्ततिको सुनौलो र उज्वल भविष्यको चाहाना सदैव आमा बुबाले राखेका हुन्छन् । उनीहरुको पालनपोषन, शिक्षादिक्षा, विवाह, ब्रतबन्ध आदि अविस्मरणीय रहोस भन्ने इच्छा सबै अभिभावकको हुन्छ । छोरा छोरीको विवाह अभिभावकको लागि एक अमुल्य क्षण हुन्छ । यसै क्षणलाई यादगार बनाउन कुश्मा निवासी मेनका रेग्मीले आफुले सानो सानो रुपमा बचत गरी जम्मा भएको रकमबाट आफ्ना छोरी ज्वाईंलाई उपहार स्वरुप जीवन बीमा गरीदिएकी छिन् ।

जीवनमा आइपर्न सक्ने जोखिम बहन र बचत पनि होस भन्ने उद्देश्यले वैवाहिक जीवनको सुरुवात गरेका छोरी ज्वाईं, पुजा रेग्मी र सुझाब आचार्यको जीवन सुखमय होस भन्ने कामना सहित बीमा गरिदिएकी हुन् । सूर्या लाइफ इन्स्योरेन्सको कुश्मा शाखाबाट जारी गरीएको उक्त बीमा योजना सूर्या लाइफका एजेन्सी विभाग प्रमुख यज्ञ बहादुर राउतले बैबाहिक समारोहमै गएर हस्तान्तरण गरेका थिए ।

सूर्या सुरक्षित योजना र सूर्या सुरक्षा कवज सहितका यो योजनाले जीवनमा विपत्तिले निम्त्याउन सक्ने आर्थिक समस्याको भार न्यून गर्ने र जोखिम बहन पनि हुने हुदाँ सबैलाई जीवन बीमा गर्न मेनका रेग्मीले सुझाव दिएकी थिइन् । हाँसी खेली घुमेको माईतिघर छोडेर गएकी छोरीका लागि सदैव आमाको चिनो यो कोसेली स्वरुप आफ्ना छोरी र ज्वाईं दुबैको बीमा गरिदिएको बताइन् ।

बीमाले जोखिम बहन गर्नुका साथै भविष्यको लागी बचत पनि हुने भएकोले दुलही अन्माउँदा बीमा योजना उपहार दिने एक नौलो र उत्कृष्ट अभियान अहिले चलेको देख्दा जीवन बीमाको महत्व प्रति जनमानसमा सचेतना बढेको भन्ने कुरामा विश्वसत रहेका विवाह समाहरोमा उपस्थित आफन्त र जन्ति पक्षले बताएका छन् ।