आगामी निर्वाचनमा माधव नेपाल हराउन ओलीको ग्राण्ड डिजाइन, कोटेश्वर पुग्यो गोप्य सूचना


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : शुक्रबार, असार १० २०७९
817
SHARES

काठमाडौं – आगामी निर्वाचनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई हराउन एमाले अध्यक्ष केपी शर्मा ओलीले ग्राण्ड डिजाइन बनाएका छन् । नेपाल काठमाडौँ २ वा रौतहट १ बाट च्ुनाव लड्ने तयारी गरेका छन् ।

दुबै क्षेत्रबाट हराउन ओलीले ग्राण्ड डिजाइन तयार पारेको श्रोतको दावि छ । काठमाडौँ दुई नम्बर क्षेत्रमा पर्ने कागेश्वरी मनहरामा कांग्रेस र शंखरापुरमा राप्रपाले जितेको छ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३२ मा पनि एमालेले जितेकाले उनका लागि यो क्षेत्र त्यतिकै पनि डेन्जर जोनमा परिसकेका छ ।

उता रौतहट नेपालका लागि अली सहज छ । त्यसका लागि ओलीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता अजय कुमार गुप्तालाई एमाले प्रवेश गराउने तयारी गरेका छन् । रौतहटको गौर नगरपालिकाका पूर्वमेयर समेत रहेका गुप्ता नेपाललाई हराउन सक्षम रहेको भन्दै ओलीले छलफल चलाएका छन् ।

पछिल्लो समयमा मधेश केन्द्रित दलले पार्टी संगठन पनि नबनाएको र आन्दोलन पनि गर्न नसकेको भन्दै गुप्ताले एमालेमा आउँने वचन दिएको बालेकोट निकट श्रोतले जनाएको छ । कार्यकर्ता र जनताले राष्ट्रिय पार्टीमा जान सुझाव दिएपछि आफू एमालेमा प्रवेश गर्न लागेको उनको भनाई छ ।

ओलीसँग बुधबार भएको भेटपछि पार्टी प्रवेशका लागि असार २३ गतेको दिन कार्यक्रम तय भएको छ । उनलाई प्रतिनिधि सभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ बाट टिकट दिने सहमति भएको बताइएको छ ।

गुप्ता स्थानीय तह निर्वाचनमा पनि गौर नगरपालिकाको मेयर उम्मेदवार थिए । उनले एकीकृत समाजवादीका शम्भु साहसँग पराजित भएका थिए । गठबन्धन हुँदा समेत साह ६ हजार ३८१ मतसहित मेयरमा निर्वाचित हुँदा गुप्ताले ३ हजार ७५५ मत ल्याएका थिए ।

ओलीले गुप्तालाई उठाउन लागेको सूचना माधवकुमार नेपालको कानसम्म पुगेको छ । नेपालले यस विषयमा विषयमा कुरा उठेपछि ‘मैले पठाएको मेयरसँग जित्न नसक्नेले मसँग फुर्ति लगाउने !’ भन्दै प्रतिक्रिया दिने गरेका छन् ।