यी हुन् अस्ट्रेलियाको शैक्षिक प्रणालीमाथि बलात्कार गर्ने शैक्षिक कन्सल्टेन्सीहरु


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बिहिबार, असार १६ २०७९
12K
SHARES

काठमाडौँ – अस्ट्रेलियाले दुई बर्ष कोभिड १९ का कारण विदेशी विद्यार्थी भित्र्याउन पाएन । त्यसको असर देशको अर्थतन्त्रमा मात्रै परेन कामदारहरुको पनि अभाव भयो । त्यही कारण अस्ट्रेलियाले २०२१ को अन्त्यदेखि २०२२ को सुरुवाती महिनामा विद्यार्थी भिसाका लागि आएका जति प्राय सबै आवेदनमा छाप लगाइदियो ।

अस्ट्रेलियाले उक्त समयमा विदेशी विद्याथीहरुले काम गर्ने समय पनि दोब्बर पारेर आकर्षित गर्यो । आवेदन दिएका सबैको भिसा लाग्न थालेपछि नेपाली शैक्षिक कन्सल्टेन्सीहरुले २०१५/१६/१७/१८/१९ मा पास भएका विद्यार्थीहरुको पनि आवेदन हाल्न लगाए । त्यसमा पनि भिसा लागेपछि कन्सल्टेन्सीहरु झन् हौसिए ।

उनीहरुले भिसा लागेको विद्यार्थीको नामसहित सम्पूर्ण विवरण राखेर सामाजिक संजालमा पोस्ट गर्न थाले । बजारमा विक्रिति बढेको र त्यसले अस्ट्रेलियाको शैक्षिक प्रणालीमाथि नै धावा बोलेको भन्दै ठूला कन्सल्टेन्सीका संचालकहरुले नेपाल स्थित अस्ट्रेलियन दूतावासमा उजुरी गरे ।

त्यसपछि दूतावासले फायलहरु राम्रोसँग अध्ययन गर्न थाल्यो । अहिले राम्रो विद्यार्थी भएपनि सामान्य चुटी देखिने वित्तिकै भिसा दिन छोडेको छ । यसरी सामाजिक संजालमा एक दिनमै भिसा आयो, एक हप्तामै भिसा आयो, २०१५/१६/१७ मा पास भएका विद्यार्थीको पनि भिसा लाग्यो भन्दै सामाजिक संजालमा राख्ने कन्सल्टेन्सी धेरै छन् । त्यसमध्ये मिट प्वाइन्ट, ब्रिटेन एजुकेशन कन्सल्टेन्ट (नाम परिवर्तन भएको भिसा वल्र्ड), बी ग्रुप अफ एजुकेशन कन्सल्टेन्सी, एसडी मिराकल र सायन इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीले बढिनै अफवाह फैल्याएका छन् ।

‘यी कन्सल्टेन्सीहरुले अस्ट्रेलियाको शैक्षिक प्रणालीमाथि नै बलत्कार गरे । यसको सजाय राम्रो काम गर्ने व्यवसायीहरुले भोग्न परेको छ ।’, एक व्यवसायीले मोटिभेट न्यूजसँगको भेटमा भने, ‘मनलाग्दी गर्नेहरुले राम्रो पैसा पनि कमाए । अब उनीहरु पलायन भएर अर्कै व्यवसाय गर्ने बताउन थालेका छन् ।’

मिट प्वाइन्टले पनि लामो ग्याप भएका विद्यार्थीहरुको भिसा लागेको भन्दै विद्यार्थी र विद्यार्थीको भिसाको कपीसहित टिकटक बनाएको छ । मिट प्वाइन्टका संचालक रमेश पाठकले यस विषयमा कुरा गर्नै चाहेनन् । टेलिफोनमा उनले भने, ‘म अहिले व्यस्त छु सर, पछि कुरा गरौँ है ।’ उनले यही विचमा विद्यार्थीलाई भ्रममा पारेर कमाएको पैसाले दुई करोड भन्दा माथिको कार किनेका छन् ।

ब्रिटेन एजुकेशन कन्सल्टेन्ट (नाम परिवर्तन भएको भिसा वल्र्ड)ले त विद्यार्थीको फोटो र भिसा कपि जस्ताको तस्तै सामाजिक संजाल फेसबुकमा राखेको छ । यसरी फेसबुकमा जस्ताको तस्तै फोटा र भिसाको कपी राख्दा दुरुपयोग हुने खतरा हुन्छ । अस्ट्रेलियाका बैंकहरुले भिसा कपिमात्र भए बैंक खाता खोलिदिन सक्छ । कसैले गलत नियतका साथ खाता खोलेर अबैध कारोबार गरे त्यसको जिम्मेवारी को हुने ? साथै, उसले न्युजिल्याण्डमा १५ बर्ष ग्याप भएका विद्यार्थीहरुले समेत एप्लाई गर्न सक्ने भन्दै भ्रम फैल्याइरहेको छ । ‘हामीले १५ बर्ष ग्याप भनेर विज्ञापन मात्र गरेका छैनौं, धेरै विद्यार्थी न्यूजिल्याण्ड गइसके ।’, यति लामो ग्याप भएका विद्यार्थीको भिसा कसरी लाग्छ भन्ने मोटिभेट न्यूजको प्रश्नमा भिसा वल्र्डका संचालक भद्र राइले भने, ‘जहाँपायो त्यहीबाट एप्लाई गर्दा भिसा लाग्दैन । हाम्रोबाट एप्लाई गर्दा मजाले भिसा लाग्छ । हाम्रा धेरै विद्यार्थी न्यु्जिल्याण्ड पुगिसके ।’

१५ बर्ष ग्याप भएका विद्यार्थीको पनि भिसा लाग्छ भन्ने कन्सल्टेन्सी संचालक राईलाई न्युजिल्याण्डले विद्यार्थी लिन सुरुनै नगरेको जानकारी रहेनछ । न्यजिल्याण्डले अक्टोबरबाट मात्र विद्यार्थीका लागि आबेदन खुल्ला गर्ने जनाएको छ । भिसा वल्र्डले नक्कली विवाह गरेर डिपेण्डेन्ट भिसामा अस्ट्रेलिया पठाउने भन्दै पैसा उठाइरहेको सूचनामा समेत मोटिभेटले प्राप्तगरेको छ ।

कोरियामा नेपाली विद्यार्थी पठाउने कन्सल्टेन्सीहरुका अध्यक्ष गणेश शर्माले पनि यसैगरी सामाजिक संजालमा विद्यार्थीको भिसा पोस्ट गरेका छन् । ‘हामीले त त्यस्ते गर्दैनौँ सर । त्यतो गर्नु राम्रो होइन्’, मोटिभेट न्यूजसँगको टेलिफोन संवादमा उनले भने, ‘त्यस्तो केही भएको भए सच्चाउँला ।’ सुरुमा त्यस्तो नगरेको बताउने शर्मा मोटिभेटले विद्यार्थीको नामसहित टिकटकमा राखिएको भिसाको विवरण बताएपछि आफूले हेरेर सच्याउने बताए ।

बी ग्रुप अफ एजुकेशन कन्सल्टेन्सीले पनि यस्तैगरी सामाजिक संजालमा विद्यार्थीको सम्पूर्ण विवरणसहितको भिसा कपी राखेका छन् । यस्तो किन गरेको भनेर बुझ्न खोज्दा बीजीइसीका संचालक विनोद भण्डारीले फोन उठाएनन् । यता सायन इन्टरनेशनल कन्सल्टेन्सीले पनि यसैगरी विद्यार्थीहरुको आक्रषित गर्नका लागि हाइ भिसा सक्सेस् रेट, २०१८ पास आउटले पनि एप्लाई गर्न सक्ने भनेको छ । यो कन्सल्टेन्सीले नेपाली विद्यार्थीका लागि मिटर व्याजमा पैसा लगाउँदै चर्को व्याज समेत असुलिरहेको छ ।

यस्तो कन्सल्टेन्सीहरुको लहलैमा लागेर ठगीनु भएको छ भने हामीलाई सम्पर्क गर्न मोटिभेटले विद्यार्थीहरुलाई अपिल गरेको छ । यस्ता विद्यार्थीको सम्पूर्ण विवरण गोप्य राखिने छ ।