बर्षमान पुनलाई खुमल्टारबाट आएको सूचनाले रातभर निन्द्रा लागेन !


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : आइतबार, असार १९ २०७९
4.8K
SHARES

काठमाडौँ – सत्तारुढ दल नेकपा माओवादी केन्द्रले महाधिवेशन भएको लामो समय भइसक्दा पनि पदाधिकारी टुंगो लगाउन सकेको छैन । आज बस्ने केन्द्रीय कमिटी बैठकले यसको टुंगो लगाउने बताइएको छ ।

बैठक बस्नभन्दा अघि नेपालहरुबीच चर्को दौडधुप भएको थियो । राष्ट्रिय सभाले आर्थिक वर्ष २०७९/८० को विनियोजन विधेयक पारित भएपछि अर्थमन्त्री जनार्दन शर्मा र पूर्वअर्थमन्त्री बर्षमान पुनबीच एक खाले दौडधुप सुरु भएको हो ।

मन्त्री शर्माले अध्यक्ष प्रचण्डसँग ललितपुर, खुमलटास्थित निवासमा लामो समय छलफल गरेका छन् । शुक्रबार साँझ विनियोजन विधेयक पारित भएपछि मन्त्री शर्मा त्यता गुगेका हुन् ।

भेटमा पार्टीको शर्माले महासचिवका लागि आफू उपर्युक्त र योग्य उम्मेदवार भएको दावि पेश गरेका थिए । जवाफमा प्रचण्डले आफूले अर्कै विकल्प सोचेकाले बैठकमै कुरा राख्न आग्रह गरेका थिए । प्रचण्ड र शर्माबीच भेटवार्ता भएको जानकारी पाएपछि पुनलाई भने रातभर निन्द्रा नपरेको खबर छ ।

खुमल्टारबाट गएको सूचनाका कारण बर्षमान पुनलाई छटपटी भएको श्रोतको भनाई छ । प्रचण्डले शर्मालाई महासचिवमा हुन्छ भनेकी भन्ने पीरले उनलाई छटपटी भएको हो । यस्तो सूचना पाएपछि पुनले शनिबार प्रचण्डलाई भेटका थिए । उक्त भेटपछि उनी खुशी भएका थिए ।