असोज सम्ममा पुननिर्माणको कार्य सकिने


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : आइतबार, असार १९ २०७९
1.5K
SHARES

धार्मिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण देश नेपालमा २०७२ सालको विनाशकारी भूकम्पले ठूलो क्षति गरेको थियो । र भूकम्पपछिको पुनर्निर्माण कार्य अझैसम्पन्न हुन नसकेको छैन ।भूकम्पले पनि सम्पादालाई बाँकी राखेन । भूकम्पले क्षतिग्रस्त बनाएको कतिपय सम्पदाहरु पुनर्निर्माण सकिइसक्दा राजधानीको त्रिपुरेश्वरस्थित राम मन्दिरको पुनर्निर्माण भने हालसम्म सम्पन्न हुन सकेको छैन ।

विगत ३ वर्षदेखि हुँदै आएको राम मन्दिरको पुनर्निर्माण अहिले धमाधम चलिरहेको छ । मन्दिरका महन्थ रामस्वरुप दास महतले आगामी असोजसम्ममा मन्दिरको पुनर्निर्माण सकिने विश्वास व्यक्त गरे । ‘भूकम्प गएको लामो समय भएपनि यसको मन्दिर पुनर्निर्माणको स्वीकृत पत्र २०७५ सालमा आएको थियो ।

२०७६ सालमा मात्र पुननिमार्णको काम सुरु भएको हो’, उनले भने, ‘काम सुरु भएको केही महिना नहुँदै लकडाउन सुरु भयो । त्यसपछि पुननिमार्ण कार्य गर्न एक डेढ वर्ष असमर्थ भयौँ ।’लकडाउनपछि पुनर्निमार्ण कार्य सञ्चालनमा आएको बताउँदै उनले पुरातत्व विभागले असोजसम्मको समय दिएको बताउनु भयो ।

एक दुई हप्तामा मन्दिरको स्तुपा भने तयार हुने भन्दै बाँकी काम पनि बिस्तारै सुचारु गरिने निर्माण कार्यमा खटिएका आशाराम मर्हजनले बताउनु भयो ।