केएमसी स्कूलमा कार्यरत महिला कर्मचारीको शव फेला


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : आइतबार, असार १९ २०७९
2.8K
SHARES

काठमाडौं । बुद्धनगरस्थित केएमसी स्कुल होस्टलको क्यान्टिनमा काम गर्ने महिला कर्मचारीको शव भेटिएपछि त्यहाँको वातावरण अशान्त बनेको छ । मृतकका बुवाआमा स्कुलमा आइपुगेका छन् भने प्रहरीले भित्र कडा सुरक्षा दिइरहेका छन् ।
काभ्रेको रोसी गाउँपालिकाकी २० वर्षीया रमा रायमाझीको हिजो राति झुण्डिएको अवस्थामा शव फेला परेको थियो । उनको हत्या भएको हुन सक्ने परिवारको आशंका छ ।

पिडित परिवारका तर्फबाट केही व्यक्तिहरुले प्रहरीसँग विवाद गरेका थिए भने मृतकका बुवाआमा स्कुलबाहिर भावविव्हल अवस्थामा छन् । उनीहरुले मिडियालाई भित्र पसाएर पारदर्शी अनुसन्धान गर्नुपर्ने माग गरेका छन् । बुवाआमाले भने मिडियासँग बोलेका छैनन् । अहिले विद्यालय, प्रशासन र मृतकका परिवारबीच वार्ताको तयारी भइरहेको छ । घटना यही हिसाबले वा यसै गरी नै भएको हो भनेर चाँही अझै भन्न सकिएको छैन ।