नेपालमा सस्तो अनि राम्रो इलेक्ट्रिक स्कुटर भित्रिदै


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : आइतबार, असार १९ २०७९
3.9K
SHARES

नयाँ अनि सस्तो मूल्यको इलेक्ट्रिक स्कुटर इडु दुहानले नेपाल ल्याएको छ । आधिकारिक वितरक क्यालिवर अटो स्रोतले यो स्कुटर अबको १ हप्तापछि सार्वजनिक हुने जनाएको छ ।

यो नयाँ स्कुटरमा ४८ भोल्ट ४६ एम्पियर आवर क्षमताका व्याट्री जडान गरिएको छ भने मोटर पावर ३५० वाट रहेको छ । ५ घन्टामा फुल चार्ज हुने यसको व्याट्रीले २५ किलोमिटर रेन्ज दिने वताइएको छ । यो स्कुटरलाई ३५ किलोमिटर प्रतिघण्टाको अधिकतम गतीमा हाँक्न सकिन्छ । यसको मूल्य जम्मा १ लाख ६० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

यसको दुवै चक्कामा डिस्क व्रेक दिइएको छ भने ई–एविएस फिचर्स समेत उपलब्ध हुनेछ । पूर्णत एलइडी लाइट दिइएको यो नयाँ स्कुटरमा एलसिडी डिजिटल डिस्प्ले उपलब्ध गराइएको छ । सस्तो अनि सुपथ मूल्यमा पाहिने यो स्कुटर छोटो दुरीमा यात्रा गर्न चाहने राइडरका लागी उपयुक्त हुने देखिन्छ ।