सरकारको काम कारबाही प्रति पार्टी केन्द्रको ध्यानाकर्षण जरुरी


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : आइतबार, असार १९ २०७९
1.3K
SHARES

काठमाडौँ — केन्द्रीय सदस्यहरु प्रदेशप्रति जिम्मेवार हुनुपर्ने नेकपा माओवादी केन्द्र सुदुरपश्चिम प्रदेशका अध्यक्ष हरिराम चौधरीले बताएका छन् । प्रदेशप्रति जिम्मेवार रहेर भएका समस्याको समाधानतर्फ लाग्‍नुपर्ने उनले भनाइ राखे । नेपाल प्रज्ञा प्रतिषठान कमलादीमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा उनले यस्तो बताएका हुन् ।

पार्टीले थारु समुदायमा देखिएको समस्या गम्भीर रूपमा लिन जरुरी रहेको उनले भनाइ राखे । जातीय रूपमा टिकापुर घटनापछि थारु समुदाय को मनोवृत्ति फेरिएको छ। ुसुदुरपश्चिम सरकारमा पार्टी सँगको समन्वय भएको छैन,ु उनले भने, ुबजेट तथा नितिमा छलफल नहुँदा समस्या भयो।ु सरकारको काम कारबाही प्रति पार्टी केन्द्रको ध्यानाकर्षण जरुरी रहेको बताउँदै उनले पार्टी बाट हुने नियुक्ति र मनोनयनमा उचित स्थान नपाएको बताए ।