देउवाको अमेरिका भ्रमण अपेक्षित


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : आइतबार, असार १९ २०७९
1.2K
SHARES

काठमाडौ—आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे कुरा अपेक्षित रहेको बताएकी हुन् ।

सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले प्रधानमन्त्री देउवाको सो भ्रमण अपेक्षित रहेको उल्लेख गर्दै सबै कुरा तयारी पुगेपछि तिथिमितिको घोषणा हुने र उपयुक्त समयमा त्यसबारे सञ्चार माध्यमहरुले जानकारी दिने स्पष्ट पारिन् । प्रवक्ता लम्सालले परराष्ट्रमन्त्री डा नारायण खड्काको चीन भ्रमण पनि उपयुक्त समयमा हुने बताइन् ।

‘प्रधानमन्त्रीज्यूको अमेरिका भ्रमणको कुरा चलिराखेको छ । अपेक्षित छ यो भ्रमण । अब यसको चाहिँ तपाईंहरुलाई थाहा नै छ । निमन्त्रणा गर्ने प्रक्रिया हुन्छ । त्यसलाई स्वीकार गर्ने पनि प्रक्रिया नै हुन्छ । सबै कुरा तयारी पुगेपछि तिथिमितिको घोषणा गर्ने एउटा प्रक्रिया छ । उपयुक्त समयमा यसका जानकारी यहाँहरुलाई दिने नै छौुं उनले भनिन्, ुपरराष्ट्रमन्त्रीज्यूको चीन भ्रमण पनि उपयुक्त समयमा हुनेछ ।’