मोटिभेट समाचार प्रभाव : मन्त्रालयको विशेष पहलले रोकियो होटल म्यारियटको रात्री भोज


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : शनिबार, असार ३२ २०७९
3.9K
SHARES

काठमाडौँ – काठमाडौँको होटल म्यारियटमा बसेर अबैध धन्दा चलाउने कार्य बन्द भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाको विशेष पहलमा भारतीयहरुको अबैध धन्दा बन्द भएको हो ।

होटलमा बसेर भारतीय नागरिकले मानव तस्करीको काम गर्न लागेको खुलासा भएपछि मोटिभेट न्यूजले ‘होटल म्यारियटमा लुकेर मानव तस्करी गर्दै चार जना भारतीय नागरिक’ शिर्षकमा समाचार लेखेको थियो । होटल म्यारियटमा भारतीय नागरिक सुनिल कुमार एस, संगिता एस, फिरोज सेठ र कृष्ण अग्रवाल नाम परिवर्तन गरी बसेका थिए । आज बेलुका उनीहरुले रात्री भोजको आयोजना गर्दै स्थानीय एजेण्ट वितरणको कार्यक्रम राखेका थिए ।

उक्त कार्यक्रम शाखाको पहलमा प्रहरीले रोकेको छ । शुक्रबार बेलुका शिक्षाविद प्रकाश नेपालको शाखामा उजुरी परेपछि शाखा प्रमुख ईश्वरीप्रसाद ज्ञवालीले एक्सन लिएका थिए । ‘शुक्रबार राती र शनिबार दिनभरको प्रयास पछि कार्यक्रम रोक्न सफल भएका छौँ ।’ शाखा प्रमुख ज्ञवालीले भने, ‘शनिबारको दिन पनि मैले आराम गर्न पाइन । बाख्रो मर्यो भन्ने पीर होइन्, बाग पक्लिया भन्ने पीरले सताएको हो । यो कार्यक्रम नरोकेको भए अरुले पनि यसैगरी अबैध धन्दा चलाउँदै नेपाली विद्यार्थीहरुलाई ठग्ने थिए ।’

यो घटनाले अरुलाई ठूलो शिक्षा दिएको बताए । कार्यक्रमका आयोजकले प्रहरीसँग जसरी पनि कार्यक्रम गर्न अडान लिएपछि प्रहरीले पनि बल प्रयोग गरेको थियो । उनीहरुले कार्यक्रम रद्द नगरेपछि प्रहरीले पक्राउ गर्ने तयारी गर्दै भ्यान बोलाएको थियो । अन्तिममा उनीहरु कार्यक्रम रद्द गर्न तयार भएका थिए । अहिले प्रहरीले होटल म्यारियटमा पहरा दिइरहेको छ ।

नेपालमा शैक्षिक परामर्श व्यवसाय सम्बन्धी जुनसुकै काम गर्न परेपनि शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाबाट अनुमति लिनपर्ने कानुनी प्रावधान छ । उनीहरुले शाखाको अनुमति त परको कुरा कार्यक्रम आयोजक समेत नेपाल सरकारको कुनै पनि निकायमा दर्ता भएको छैन् । भारतबाट आएर सिधै कार्यक्रम गर्न खोज्दा कार्यक्रम भाँडिएको हो ।