प्रचण्डको ठाडो निर्देशन पछि रोकियो गभर्नर अधिकारीको निलम्बन


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : आइतबार, साउन १ २०७९
44K
SHARES

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को ठाडो निर्देशन पछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पद जोगिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राजस्व अनुसन्धान विभाग मार्फत अधिकारीलाई निलम्बन गर्ने तयारी गरेपछि प्रचण्डले केही दिनका लागि रोकेका हुन् ।

प्रचण्ड निकट श्रोतले दिएको जानकारी अनुसार देउवाले विभागमा परेको उजुरीलाई आधार मानेर निलम्बन गर्न खोजेका थिए । ‘देउवाले प्रचण्ड भारतमा रहेकै बेलामा यस विषयमा सल्लाह गर्नु भएको हो ।’, श्रोतले भन्यो, ‘प्रचण्डले अहिले पख्नुहोस् । अर्थमन्त्री पनि नहुने गभर्नर पनि नहुने कुरा राज्यकै लागि घाटा हो । अहिले उजुरीको आधारमा अनुसन्धान गरेर बस्न भन्नुहोस् । मन्त्री आउने वित्तिकै फायल अगाडी बढाउँला ।’

प्रचण्डले अर्थमन्त्रीमा जनार्दन शमालाई नै पठाउने भन्दै अर्थमन्त्री पनि भएका बेलामा निलम्बन गर्दा बाहिर राम्रो म्यासेज जाने बताएका थिए । संसदीय विशेष छानविन समितिले शर्मालाई क्लिन चिट दिने र फेरी अर्थमन्त्रीमा नियुक्त हुने प्रचण्डको विश्वास छ ।

प्रचण्डको भनाई पनि देउवा एक स्टेप व्याग भएका हुन् । शुक्रबार पत्रकार शोभराज बराल र सूचना अभियान्ता अंगराज भारतीले उजुरी हालेका थिए । त्यही उजुरीलाई आधार मानेर देउवाले गभर्नरलाई निलम्बन गर्न खोजेका हुन् ।

प्राइम बैंकबाट उठाउन पर्ने जरिबाना नउठाएको भन्दै गभर्नर अधिकारीमाथि गैरकर छली गर्न मतियार गरेको आरोप छ । उनले विभिन्न बैंकबाट उठाउन पर्ने जरीबाना नउठाउँदा राज्यलाई २ अर्ब २१ करोड बढि घाटा लागेको छ ।