एनआईसी एसिया बैंकमा चल्यो ‘विथड्र’ अभियान, कारण थाहा पाएपछि तपाईँ पनि निकाल्नु हुनेछ पैसा


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : मंगलबार, साउन ३ २०७९
63.1K
SHARES

काठमाडौँ – मारवाडीहरुको अत्यधिक लगानी रहेको एनआईसी एसिया बैंक विरुद्ध ‘विथड्र’ अभियान चलेको छ । बैंकले व्यवसायी सुधिर बस्नेतको जग्गा षड्यन्त्र पूर्वक कब्जा गरेको समाचार सार्वजनिक भएपछि ‘विथड्र’ अभियान चलेको हो ।

बैंकका लगानीकर्ता ऋणीको ऋण जफतगरी खर्लप्पै खाने अभियानमा लागेपछि वचतकर्ताहरु आफ्नो वचतको रकम पनि हराउने डरले ‘विथड्र’ अभियानमा लागेका हुन् । भारतीय मुलका व्यापारीहरुले बैंकमा धितो राखेको सम्पती खर्लक्कै खान खोजे पछि व्यवसायी बस्नेत अदातल गएका थिए । भारतीय मुलका मारवाडी समूदायको लगानी रहेको एनआईसी एसिया बैंकले उक्त मुद्धा ३६ भन्दा धेरै वकिल राखेर लम्ब्याईरहेको छ ।

जुका जसरी नेपाली बजारमा प्रबेश गरेर नेपाली व्यवसायीलाई नै सिध्याउने अभियानमा लागेका विशाल ग्रुपका संचालक जगदिश अग्रवाल र अशोक अग्रवालले बैंकका कर्मचारीलाई किस्ता तिर्न तीन महिना ढिला गर्ने ऋणीलाई धितोमा राखेको सम्पतीमा सुरक्षा गार्ड पठाउन लगाएर सम्पती हडप्ने अभियान चलाएका छन् ।

काठमाडौँ धापासीमा रहेको व्यवसायी सुधिर बस्नेतको २४ रोपनी जग्गा बैंकले खाना खोजेको छ । अत्याधुनिक भवन बनाउन बस्नेतको परिवारले बैंकबाट २०६६ सालमा १४ करोड ऋण लिएका थिए । ऋण लिएको २ बर्षभित्र सबै साँवा र ऋण चुक्ता गरिसक्दा पनि बैंकले जग्गा फुकुवा गरिदिएको थिएन । बैंक अझै १९ करोड तिर्न बाँकी रहेको भन्दै लिङे्गेरिङ गरिरहेको छ ।

यस विषयको विशेष रिर्पोट बनाएर योहो टेलिभिजनले प्रसारण गरेपछि बचतकर्ताहरु झस्किएका छन् । टेलिभिजनका प्रशारण प्रस्चात टेलिभिजनको युट्यु च्यानलमा राखिएको उक्त कार्यक्रम धेरैले बैंकबाट खतरा भएकाले विथड्र गर्न अपिल गरेका छन् । भिडिओको कमेन्टमा सुनिल शर्माले लेखेका छन्, ‘यो बैंक जनता मारा बैंक हो । सवै जनाले डिपोजित विथड्र गरौँ ।’

त्यस्तै आरडी यादव र सिपी खनालले यो बैंकलाई नेपाल सरकारले बन्द गराउनपर्ने धारणा राखेका छन् । शिव अधिकारी, हस्त गुरुङ, विश्व ज्ञान र इ–श्रेष्ठले इण्डियनहरुबाट होसियार भनेका छन् । साथै यिनीहरुको सम्पती जफत गरेर लखेट्न पर्ने आवाज उठाएका छन् ।

बैंक श्रोतले दिएको जानकारी अनुसार शुक्रबार करोडौँ रकम विथड्र भएको थियो । आइतबार र सोमबार पनि रकम निकाल्नेको लर्को लागेको थियो । बैंकले भने आधिकारिक रुपमा कति रकम विथड्र भयो खुलाएको छैन ।

बैंकले यसरी हडप्न खोज्दैछ १४ करोडमा दुई अर्बको जमिन