डिपेण्डेन्टको धन्दा चलाउने पाथ फाइन्डरका मालिक पक्राउ


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बिहिबार, साउन ५ २०७९
53.7K
SHARES

काठमाडौं – लामो समयदेखि डिपेण्डेन्टको धन्दा चलाउँदै नेपाली युवालाई अष्ट्रेलिया पठाउने पाथफाइन्डर इन्टरनेश्नल एजुकेशनका संचालकलाई प्रहरीले पक्राउ गरेको छ । शैक्षिक परामर्श व्यवसायको आवरणमा म्यारिज व्युरो संचालन गर्ने पाथफाइन्डरका संचालक राजेश्वर धिताललाइ प्रहरीले बलत्कार अभियोगमा पक्राउ गरेको हो ।

आफ्नै कार्यालयमा काम गर्ने कर्मचारीमाथि जबरजस्ती करणी गरेको अभियोगमा उनलाई पक्राउ गरिएको महानगरिय प्रहरी बृत्त मालिगाउँमा डिएसपी मिनबहादुर कुँबर क्षेत्रीले बताए । उनलाई बुधबार बिहान घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई मुलुकी अपराध संहिता २०७४ को जबरजस्ती करणी सम्बन्धी कसुरमा ५ दिन म्याद थप भएको काठमाडौं डिएसपी कुँबरले बताए । धितालले महिला कर्मचारीलाई तिरुपती होटलमा लगेर जबरजस्ती करणी गरेका थिए ।

यो कन्सल्टेन्सीले अष्ट्रेलिया लगायत मुलुकमा शैक्षिक परामर्श दाताको रुपमा काम गर्दै आएको छ । मोटिभेटलाई प्राप्त सूचना अनुसार उनले राम्रो डकुमेन्ट भएका विद्यार्थीहरुलाई प्रयोग गरेर डिपेण्डेन्टको धन्दा चलाइरहेका छन् ।

मोटिभेट न्यूजले यो लगायत १० वटा शैक्षिक कन्सल्टेन्सीहरुले डिपेण्डेन्ट मिलाईदिएर २० देखि ५० लाख उठाइरहेको सूचनाका आधारमा अनुसन्धान गरिरहेको छ । अनुसन्धानकै क्रममा धिताललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई अहिले महानगरिय प्रहरी बृत मालिगाउँमा राखिएको छ ।