द हिमालयन रिजर्भको ब्राण्ड एम्बेसडरमा शुक्रबहादुर राई नियुक्त


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बुधबार, साउन १८ २०७९
1K
SHARES

काठमाडौँ – द हिमालयन रिजर्भले आफ्नो ब्राण्ड एम्बेसडरको रुपमा सुप्रसिद्ध नेपाली गल्फ खेलाडी शुक्रबहादुर राईलाई नियुक्त गरेको छ । साहस र रोमाञ्चकताको प्रतिकको रुपमा परिचित पनि द हिमालयन रिजर्भ प्रिमियम ह्वीस्कीले गल्फ खेडाडीस् राईलाई नियुक्त गरेको हो ।

उत्कृष्ठ १२ बर्ष पुरानो इम्पोर्टेड स्कच माल्टबाट र स्कटिश ग्रेन स्पिरिटहरुको मिश्रण गरी तयार गरिएको प्रिमियम ह्वीस्की हो द हिमालयन रिजर्भ । द हिमालयन रिजर्भले सुरुवातदेखी नै त्यस्ता ब्यक्तिहरुलाई साथ दिदै चुनौतीदेिख कहिल्यै हार नमानी सधै आफ्नो सपना पुरा उत्प्रेरणा प्रदान गर्दै आएको छ ।

एम्बेसडर नियुक्त भएका राई हाल नेपाली गल्फ खेलकुद जगतमा चिरपरिचित नाम हो । स्कुले जीवनमा केही रुपैंया कमाउने आशामा केडी बोइ बनेर गल्फ खेलमा आफ्नो करियर सुरु गरेका उनी हाल नेपालको सबैभन्दा सम्भावना बोकेका खेलाडीको रुपमा चिनिन्छन् ।

विश्व खेलकुद जगतमा गल्फ खेलमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने उनको सपना हाल पुरा भएको छ । तर आफ्नो र नेपालको नाम विश्वभरी नै चम्काउने उनको सपना अझै पनि पुरा हुनै बाँकी छ । उनको यस साहसिक र चुनौतीपूर्ण यात्रामा हामी पनि एक सहयात्री भई उनीसंगै अघि बढ्ने द हिमालयन रिजर्भले विश्वास लिएको छ ।

द हिमालयन रिजर्भले उनको हरेक चुनौती र अवसरहरुलाई समर्थन र सहयोग गर्ने प्रण गर्दै जतिपनि युवा पुस्ता खेलकुद क्षेत्रमा आफ्नो पहिचान बनाउन अग्रसर छन् भने उनीहरुको समेत लक्ष्य प्राप्तिमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेको छ ।