एन आईसी एशिया बैंकले खोल्यो भ्याकेन्सी, जागिर खाने सुनौलो अबसर

काठमाडौँ – एनआईसी एसिया बैंकले भ्याकेन्सी खोलेको छ । बैंकले एक दर्जन बढी कर्मचारीको माग गर्दै भ्याकेन्सी खोलेको हो ।
प्रगतिको सपना बोकेर अगाडि बढ्न सक्ने योग्य व्यक्तिहरुको खोजीका लागि दरखास्त आह्वान गरिएको बैंकले जनाएको छ । सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको बैंकले डिजिटल बैंकिङ्ग, मार्केटिङ, आईटी, ब्लगर, भ्लगर लगायत दर्जनभन्दा बढी पदमा कर्मचारीहरु माग गरेको हो ।
वित्तीय क्षेत्रकै सबैभन्दा धेरै रोजगारी सृजना गर्न सफल भएको यस बैंकले बजारमा उपलब्ध उत्कृष्ट प्रतिभालाई रोजगारी दिई उपयुक्त वातावरणमा काम गर्ने व्यवस्था मिलाउन लागेको जनाएको छ ।
यसका लागी इच्छुकले बैंकको वेबसाइट www.nicasiabank.com/current-
