ठूलो भाग खान खोज्दा विनोद चौधरीको ९ करोड स्वाहा !


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : शुक्रबार, साउन २० २०७९
3.6K
SHARES

काठमाडौँ – नेपालका एक मात्र डलर अर्वपति विनोद चौधरीको नौ करोडद रुपैयाँ स्वाहा भएका पाइएको छ । करछली गरेर कमाएको चौधरीको नौ करोड रुपैयाँ स्वाहा भएको हो ।

चौधरीले करछली गरेर कमाएको कालो धन काठमाडौं कुलेश्वरस्थित गौतमश्री बहुउद्देश्यीय सहकारीमा राखेका थिए । सहकारीका मुख्य सञ्चालक रामबहादुर गौतम फरार भएपछि सर्वसाधारणसँगै उनको ९ करोड रुपैयाँ डुबेको हो । सर्वसाधारणको अरबौं निक्षेप डुबेको आशंका गरिएको उक्त सहकारीमा डलर अर्बपति विनोद चौधरीको नौ करोड र अर्का व्यवसायी अजय सुमार्गीको पनि आठ करोड रुपैयाँ फसेको छ ।

सञ्चालक फरार भई संस्था वित्तीय संकटमा परेलगत्तै एभरेष्ट बैंकले गौतमश्रीको मुख्य भवनलाई आफ्नो धितो सम्पत्तिको सूचना टाँसेर रोक्का गरेको छ । सहकारी विभाग स्रोतले भने गौतममा चौधरी र सुमार्गीको तर्फबाट निक्षेपको रुपमा केही रकम राखिएको सूचना आएको तर पूर्ण विवरण आइनसकेको बताएको छ ।

तर चौधरीले ललितपुरको देउराली सहकारीलाई रकम भने मज्जैले डुबाएको विभागको भनाई छ । “कमजोर नियमन र सुपरीवेक्षणको फाइदा उठाउँदै भूतपूर्व बर्दिधारी, कर्मचारी र ठूला तथा साना व्यापारीहरुले कर छली वा अन्य स्रोतको रकम सहकारीहरुमा राख्ने गरेको बुझिएको छ ।” सहकारी श्रोतले भन्यो, ‘त्यहीमा विनोद चौधरी लगायत ठूला व्यापारीको रकम पनि फसेको छ ।’

अधिकांश माओवादी नेताहरुको रकम जम्मा गरिएकाले गौतम सहकारीमा यसअघि देखिएको समस्या बाहिर आउन नदिन पार्टी हाइकमाण्डको सचिवालयले भरमग्दुर प्रयास गरेको थियो । सहकारीमार्फत् गौतम र उनी नजिकका मानिसले प्रायः घरजग्गामा लगानी गरेका छन् । साना बचतकर्ताबाट उठाइएको रकम कम्प्युटरमा दाखिला नगर्ने, पास बुकमा मात्र लेख्ने गरिएकाले पनि कसको कति रकम डुबेको छ भन्ने यकिन सिष्टमबाट नदेखिएको कर्मचारीहरु बताउँछन् ।

‘त्यतिबेला माओवादी हाइकमाण्डबाट प्रेसर दिएकाले गडबड छ भन्ने लागेको थियो । अहिले बल्ल बाहिर आयो,’सहकारी विभाग स्रोतले भन्यो, ‘काभ्रेका गणेश उप्रेतीले मीटर ब्याजमा लगाएको पैसा पनि फसेको पाइएको छ । उनले एक वर्षलाई ४० प्रतिशतसम्म ब्याजमा आठ करोड जम्मा गरेका थिए । गत शुक्रबारदेखि उनको पनि रुवाबासी सुनिएको छ ।’

अर्बपतिहरुको रकमसँगै जनयुध्दकालको पैसा लगानी गरेका माओवादी नेताहरुको पनि अहिले चिल्लिबिल्ली भएको बताइन्छ । बेपत्ता सञ्चालक रामबहादुरले अधिकांश रकम काभ्रे, हेटौंडा, काठमाडौंका घर जग्गामा लगानी गरेका थिए । उनले पछिल्लो समय रसुवामा निर्माणाधीन चिनियाँ ठेक्काको जलविद्युतमा सामान आपूर्तिको जिम्मा लिएका थिए । त्यसमा पनि ठूलै रकम फसेको बताइन्छ ।

द्वन्द्वकालमा मारिएका रसकमलसहित माओवादी नेता यानप्रसाद गौतमको पैसा पनि उनै गौतमले चलाएको आशंका गरिएको छ ।