निर्वाचन आयोगबाट आयो केपी ओलीका लागि अत्यान्तै दुःखद खबर, देउवा–प्रचण्ड मालामाल


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : शुक्रबार, साउन २० २०७९
1.1K
SHARES

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि अत्यन्तै दुःखद खबर प्राप्त भएको छ । निर्वाचनमा गठबन्धन हुँदा धेरै मत बदर हुने सम्भावनालाई मध्यनजर गर्दै आयोगले गठबन्धनलाई एउटै चुनाव चिन्ह दिन सकिने बताएपछि ओलीलाई तनाव भएको छ ।

आयोगले दुई वा त्यो भन्दा बढी दलहरुले गठबन्धन गरेर एउटै निर्वाचन चिन्हबाट निर्वाचन लड्न खोजेमा त्यो सुविधा पाउने निर्णय गरेको छ । आयोगले दल दर्ताको सार्वजनिक सूचना निकाल्दा गठबन्धन गरेर एउटै निर्वाचन चिन्तबाट समेत निर्वाचन लड्नसक्ने सुविधा दिएको हो ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ मा दुई वा त्यो भन्दा बढी दलहरु एकल निर्वाचन चिन्ह लिई निर्वाचनमा भाग लिन पाउने व्यवस्था छ । त्यसका लागि दुई वा बढी दलले कुनै दलको निर्वाचन चिन्ह लिएर संयुक्त रुपमा निर्वाचनमा भाग लिन पाउनेछन् ।

उनीहरुले आफूहरुको बाहेक अन्य कुनै निर्वाचन चिन्ह लिएर पनि निर्वाचनमा जान पाउनेछन् । संयुक्त रुपमा उम्मेदवारी दिँदा सम्बन्धित उम्मेदवार कुन दलमा आवद्ध हो भन्ने खुलाउनु पर्नेछ । यसरी संयुक्त निर्वाचनमा गएपछि सबैभन्दा बढी सिट प्राप्त गर्ने दलको नाममा एउटा मात्र संसदीय दल गठन हुनेछ । जुनसुकै दलबाट उम्मेद्वार भएपछन अरु सांसदहरु त्यही ठूलो दलको सांसद भएको मानिनेछ ।

तर, आफूहरुले प्रयोग गरेको बाहेक नयाँ निर्वाचन चिन्ह लिएर प्रतिस्पर्धा गरेमा भने नयाँ संसदीय दल गठन गर्न मिल्नेछ । त्यसरी छुट्टै निर्वाचन चिन्ह लिएर प्रतिस्पर्धा गरेमा भने जुन दलको हो, त्यही दलको संसदिय दल गठन गर्न मिल्ने व्यवस्था ऐनमा छ ।

तर हालसम्म कुनैपनि दल वा गठबन्धनले यसरी निर्वाचनमा जाने निर्णय भने गरिसकेका छैनन् । ३१ साउनभित्र निर्णय नगरे उनीहरुले यस्तो सुविधा पाउदैनन् । गठबन्धनले एउटै चुनाव चिन्ह लिएर चुनावमा गए यसको घटा स्वतः नेकपा एमालेलाई हुनेछ ।

गठबन्धनमा छुट्टा छुटुटै चुनाव चिन्ह लिएर निर्वाचनमा जाँदा बदर हुने सम्भावना धेरै हुन्छ । गठबन्धनको मत पदर हुँदा त्यसको प्रत्यक्ष फाइदा एमालेलाई हुने सम्भावना हुन्थ्यो । उक्त सम्भावनलाई मध्यनजर गर्दै आयोगले गठबन्धनलाई एउटै चुनाव चिन्ह लिन सक्ने भन्दै सूचना निकालेको हो ।