प्रधानमन्त्री देउवाले राखेको प्रस्ताव आरजुले गरिन् ठाडै अस्वीकार, पार्टी कमिटी मै पुग्यो मुद्धा


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : शनिबार, साउन २१ २०७९
1.2K
SHARES

काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको एउटा प्रस्ताव पहिलो महिला तथा कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले अस्वीकार गरेकी छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा डडेलधुराबाट चुनाव लड्न देउवाले गरेको प्रस्ताव आरजुले ठाडै अस्वीकार गरेकी हुन् ।

प्रधानमन्त्री देउवाले यसपटक पत्नी डा आरजु राणालाई आफ्नो निर्वाचन क्षेत्र डडेलधुराबाट चुनाव लड्न आग्रह गरेका थिए तर आरजुले भने आफू डडेलधुरा नजाने बताएर देउवाको प्रस्ताव ठाडै अस्वीकार गरेकी हुन् । कांग्रेसनिकट उच्च स्रोतले भन्यो, ‘यसपटक सभापतिज्यूले आफ्नो धर्मपत्नी आरजुलाई डडेलधुराबाट चुनाव लड्न आग्रह गर्नुभएको छ, उहाँले जसरी पनि आरजुलाई जिताएर ल्याउने भन्दै यस्तो गर्नुभएको छ । तर, आरजुले भने बर्दिया–२ बाट चुनाव लड्ने तयारी गर्नुभएको छ ।’

आगामी निर्वाचनपछि सरकारको नेतृत्व लिनेगरि आरजुले तयारी थालेको चर्चाको बीच उनी निर्वाचन जित्ने सुनिश्चित् भएको सेफ जोनको खोजीमा लागेकी छिन् । उनले आफ्नो माइतीको पुर्खौली जिल्ला बदिया ताकेको चर्चा चलेको छ ।

उनले बर्दिया २ बाट यसपटक उम्मेद्धवारी दिने तयारी गरेकी छिन् । यो क्षेत्रबाट ०७४ मा सन्तकुमार थारुले चुनाव जितेका थिए । सभापति देउवाले भने आफू आरजुलाई डडेलधुरा छोडेर कैलाली वा कञ्चनपुर आउन तयार रहेको बताएका थिए । तर, आरजुले नै डडेलधुरा छोडेर बर्दिया रोजेपछि यो विषय कांग्रेस केन्द्रीय समितिमा पुगेको छ । पार्टीभित्र छलफल गरेर मात्र निर्णयमा पुग्ने नेताहरुले बताउन थालेका छन् ।

देउवाले आरजुलाई पार्टी र सरकार दुवैमा फष्ट पोष्टमा पुर्याउनेगरि मुभ गरेका छन् । चुनावपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र त्यसपछि आरजुको नेतृत्वमा आलोपालो सरकार बनाउनेसम्मको सहमति भएको चर्चा चल्नु र चुनाव जित्नको लागि आरजुले सेफ जोन खोज्नु संयोगमात्रै हो कि नियोजित भन्ने चुनावपछि थाहा हुनेछ ।