विप्लव विरुद्धको पक्राउ पुर्जी फिर्ता नलिए ‘इटको जवाफ पथ्थरले’ दिन्छौँ : देव गुरुङ


अनिता गजमेर
प्रकाशित मिति : शनिबार, साउन २१ २०७९
1.8K
SHARES

उदयपुर – नेपाल कम्युनिस्ट पार्टीसँग भएको ३ बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने भन्दै नेकपा लगाएत चार कम्युनिस्ट पार्टीहरुले पूर्वको बिराटनगरमा प्रदेश स्तरीय संयुक्त रूपमा बिरोध प्रदर्शन गरेका छन् ।

उक्त कार्यक्रम मोरङ्गको हनुमान मन्दिरबाट विभिन्न नाराहरु लगाउदै एमसीसी र एसपीपी, नागरिक बिधेयक खारेज गर, मूल्यबृद्धी नियन्त्रण गर, पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धी फिर्ता गर, विप्लव लगाएत नेतालाई जारी गरेको पक्राउ पुर्जी फिर्ता गर जस्ता नाराहरु लगाउदै बजार परिक्रमा गरि ट्राफिक चौकमा गएर कोण सभामा परिणत भएको थियो ।

उक्त बिरोधसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका मोरङ्ग जिल्ला सेक्रेटरी देब गुरुङले नेताहरुले राष्ट्रघाती एमसीसी र एसपीपी सम्झौताले नेपालको राष्ट्रिय स्वाधीनतामा गम्भीर रूपमा संकट निम्ताउने काम गरेको बताएका थिए ।

उनीहरुले विदेशीले दिएको सहयोगको लोभमा राष्ट्रलाई कसैको उपनिवेश बनाउने हर्कत स्वाभिमानी नेपाली जनतालाइ स्विकार्य नहुने बताउदै जस्तो सुकै चुनौती आए पनि आफूहरु पछाडि नहट्ने र एमसीसी एसपीपी सम्झौता कुनै हालतमा कार्यन्वाय गर्न नदिने बताउदै उनले नेपाल सरकारले नेपाल कम्युनिस्ट पार्टीसँग भएको तिन बुदे सहमति कार्यन्वयन गर्नुको साटो उल्टै नेताहरुलाई पक्राउ पुर्जी जारी गरेर जिल्ला अदालत ललितपुरले सहमति उल्लङ्घन गरेको भन्दै उनले नेपाल सरकारलाई तिनबुदे सहमति कार्यान्वयन गरि नेताको नाममा जारि गरिएको पक्राउ पुर्जी फिर्ता गर्न माग गरे ।

राज्यले आफ्ना कुरालाई बेवास्ता गर्छ भनि आफूहरु जस्तोसुकै चुनौती आए पनि पछि नहट्ने र राज्यलाई ईटको जवाफ पथरले दिने चेतावनी समेत दिएको थिए । कार्यक्रममा वैज्ञानिक समजवादीबाट लक्ष्मण न्यौपानेले बोल्दै सरकार जनता प्रति उतरदायि नबनेको कारण आज देशमा मंहगी, कालो बजारी ,भ्रष्टाचार बढ्दै गएको कुरा बताएका थिए भने कार्यक्रमको संचालन मोरङ्ग जिल्ला कमिटी सदस्य कुमार खतिवडाले गरेका थिए।