यति धेरै पैसा बोकेर फरार भएका रहेछन् नेपाल बैंकका ब्रान्च म्यानेजर न्यौपाने, बल्ल खुल्यो रहस्य

काठमाडौँ – नेपाल बैंक लिमिटेडले एक ब्रान्च म्यानेर पैसा बोकेर फरार भएको पुष्टि गरेको छ । बैंकको बर्दिया स्थित गुलरिया शाखाका शाखा प्रबन्धक धबेन्द्र न्यौपाने ५० देखि ६० लाख रुपैयाँ बोकेर फरार भएको बैंकले पुष्टि गरेको हो ।
बैंकका सूचना अधिकारी प्रकाशकुमार अधिकारीले न्यौपानेले कति पैसा लिएर भागेको भनेर एकिन नभएको तर ५० देखि ६० लाखको हिसाव नमिलेको बताए । ‘राम्रो क्षमता भएकोे मान्छे हो । नियत खराव भएपछि मान्छेको क्षमता मात्र राम्रो भएर हुँदो रहेनछ ।’ अधिकारीले भने, ‘हिसाव नमिले पछि हामीले उहाँलाई यो के भयो भनेर सोधेका थियौँ । …