पुनः नेकपा मै फर्किए श्रेष्ठ र पौडेल


अनिता गजमेर
प्रकाशित मिति : शुक्रबार, भाद्र ३ २०७९
969
SHARES

उदयपुर – नेपाल कम्युनिस्ट पार्टी (बहुमत) परित्याग गरी दुई जना नेता नेपाल कम्युनिस्ट पार्टीमा फर्किएका छन् । मोरङ जिल्ला सचिवलय सदस्य तथा युवा जनस्वयम सेवक नेपालका केन्द्रीय सचिवलय सदस्य तथा एक नम्बर प्रदेस इन्चार्ज आकास श्रेष्ठ र अखिल क्रान्तिकारी केन्द्रीय सदस्य मोरङ जिल्ला संयोजक रबिन पौडेलले नेकपामा फर्किएका हुन्।

नेपाल कम्युनिष्ट पार्टी (बहुमत) यसले लिएको राजनीतिक कार्यदिशाबाट वैज्ञानिक समाजवादी क्रान्ति सम्भब नहुने निस्कर्ष सहित पुनः नेपाल कम्युनिष्ट पार्टीमा नै फर्किएका हुन् ।

उनीहरुले शुक्रबार एक संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन, ‘ पछिल्लो समय घर्मेन्द्र-सुदर्शन गुटले गठन गरेको कथित ने.क.पा. (बहुमत)ले समाजमा अनावश्यक भ्रम फैलाएको प्रति हाम्रो आपत्ति छ । कथित बहुमत पार्टीले न यो देशमा क्रान्ति गर्छ न त क्रान्ति गर्ने योजना छ । त्यसैले यो त धर्मेन्द्र-सुदर्शनको गुटको झुण्ड मात्रै भएकोले हामी पनि यो पार्टीमा रहनुको कुनै औचित्य नभएको कारण हामी निरन्तर एकीकृत जनक्रान्तिको पक्षमा अगाडि बढेर मात्रै वैज्ञानिक समाजवादमा पुग्न सकिन्छ भन्ने हाम्रो बुझाई रहेको हुनले हामी कमरेड विप्लवले नेतृत्व गरेको नेपाल कम्युष्टि पार्टीमा रहेर एकीकृत जनक्रान्तिको कार्यदेशामा निरन्तर अगाडी बढ्ने जानकारी यसै प्रेस विज्ञप्त मार्फत सार्वजनिक गर्न चाहन्छौं ।’