बैंकको शेयर मात्रै होइन अर्काको ‘क्रियसन’ पनि चोर्छन् नविलका सीइओ ढुंगाना


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बुधबार, भाद्र ८ २०७९
5.1K
SHARES

काठमाडौँ – चौधरी ग्रुपको लगानी रहेको नविल बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को भूमिकामा छन् ज्ञानेन्द्रप्रसाद ढुंगाना । दुई कार्यकाल नेपाल बंगलादेश बैंकको प्रमुख कार्यकारी अधिकृत भएर बैंक डुवाएको अनुभव भएका ढुंगाना असार १७ गतेदेखि नविल बैंकमा कार्यरत छन् ।

उनको कार्यकालमा नेपाल बंगलादेश बैंकबाट ३ करोड ३३ लाख रुपैयाँभन्दा धेरैको शेयर चोरी भएको थियो । उनले संस्थापक शेयरधनीहरुको ३ करोड ३३ लाख २६ हजार ८ सय रुपैयाँ बराबरको ३ लाख ३३ हजार २ सय ६८ कित्ता शेयर चोरेर गायव पारेका थिए ।

यही कारण बैंक डुवाएर नविलमा मर्ज गराएको लगानीकर्ताको आरोप छ । उनले आफ्नो पुरानो बैंकको शेयर चोरेर त भागेका थिए तर अहिले अर्काको क्रियसन समेत चोर्न थालेका छन् । एनआईसी एसिया बैंकले ‘१० गुणा मुद्दती योजना’ ल्याएर आक्रामक मार्केटिङ गरिरहेका बेलामा नविल बैंकले पनि यस्तै प्रकृतिको नाममात्र फरक राखेर ‘नबिल ढुक्क मुद्धती योजना’ ल्याएको छ ।

एनआईसी एसिया बैंकले ६ बर्ष ३ महिना १२ दिनमा दोब्बर, ९ बर्ष ११ महिना १६ दिनमा तेब्बर, १२ बर्ष ६ महिना २२ दिनमा चार गुणा, १४ बर्ष ७ महिनामा पाँच गुणा, १६ बर्ष दुई महिना २५ दिनमा ६ गुणा, १७ बर्ष ७ महिना १७ दिनमा ७ गुणा, १८ बर्ष १० महिना ४ दिनमा ८ गुणा, १९ बर्ष ११ महिनामा ९ गुणा र २० बर्ष १० महिना १२ दिनमा १० गुणा प्रतिफल पाइने भन्दै ‘१० गुणा मुद्दती योजना’ ल्याएको थियो भने नविल बैंकले यसको ठ्याक्कै कपि गर्दै ६ वर्ष ३ महिना २३ दिनमा दोब्बर, १० बर्ष ३ दिनमा तेब्बर, १२ बर्ष ७ महिना १६ दिनमा ४ गुणा, १४ वर्ष ७ महिना २८ दिनमा ५ गुणा, १६ बर्ष ३ महिना २५ दिनमा ६ गुणा, १७ बर्ष ८ महिना २१ दिनमा ७ गुणा, १८ बर्ष ११ महिना ९ दिनमा ८ गुणा र २० वर्ष ११ महिना २० दिनमा १० गुणा रकम प्राप्त हुने ‘नबिल ढुक्क मुद्धती योजना’ ल्याएको छ ।

यो योजना एनआईसी एसिया बैंकले पहिलो पटक ल्याएको हो । तर नविल बैंकले मंगलबारबाट मात्रै यो योजना सुरु गरेको छ । बुधबार मात्र बैंकले यो योजना आफ्नो अनलाइन संकरणमा प्रकाशन गरेको छ ।

यसको क्रियसन अर्थात बौधिक सम्पत्ति एनआईसी एसिया बैंकसँग सुरक्षित भएको हुनपर्छ । क्रियसन चोरी भएको विषयमा नविल बैंकसँग सम्पर्क गर्दा बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगाना सम्पर्कमा आउन चाहेनन् । मोटिभेटको सम्पर्कमा आएका बैंकका जनसम्पर्क अधिकृत कृष्ण सुवेदीले आफू मिटिङमा भएको बताए ।

यता एनआईसी एसिया बैंकले पनि यस विषयमा केही पनि प्रतिक्रिया दिएको छैन । बौद्धिक सम्पति चोरीको विषयमा बुझ्न खोज्दा बैंकका सूचना अधिकारी सुधिरनाथ पाण्डेले फोन उठाएनन् । ढुंगाना आउनु अघि सबै कुरामा अब्बल बन्दै गएको नविल बैंकको सेवा उनी आएपछि खस्किदै गएको जनगुनासो आउन थालेको छ ।

यो पनि पढ्नुहोस्

चोर पो रहेछन् नविल बैंकका सीईओ ढुंगाना