इच्छा शक्तिलाई बलियो बनाउँनुहोस्


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : शुक्रबार, भाद्र १७ २०७९
1.2K
SHARES

काठमाडौँ – एकपटक आर्मी कमाण्डरले आफ्ना लडाकुहरुलाई आफ्ना शत्रुसँग लड्न जानका लागि सबैलाई हात हतियार सहित तयार हुनका लागिआदेश दियो । आदेशअनुसार सबै लडाकुहरु उसले भने बमोजिम उच्च हतियार,बन्दुक,गोली सहित लडाइका लागि तुरुन्तै तयार भए ।

लडाइ अत्यन्त भिषण हुनेवाला थियो दुईदिन अगाडी त्यहि लडाईमा १० जना उनीहरुका साथी विपक्षीबाट मारिएका थिए । आज लडाईमा जानु पर्दा उनीहरु एकातर्फ मरिन्छ कि भन्ने डरले डराइरहेका थिए भने अर्कोतिर आफ्नो जागिर गर्नुपर्ने बाध्यता थियो ।

त्यसपछि कमाण्डरले उनीहरुलाई पानी जहाजमा राखेर लड्नको लागि लिएर गयो । लगभग एक घण्टाको यात्रापछि आफ्नो पानी जहाजलाई शत्रुहरुसँग लड्नुपर्ने शत्रुपक्षको जमिनमा लगेर जहाज अड्यायो । धेरै टाढाबाट शत्रुहरु लड्नको लागि उनीहरुको भन्दा कैयौं ठुलो फौज लड्न उनीहरु तिर अगाडी बढिरहेको तिनिहरुले देखे । त्यति ठुलो फौज आएको देखेर कोहिले त लडाई नगरिकन भाग्नु राम्रो हुन्छ । जहाज ठिक अवस्थामा राख्नुस् कमाण्डर समेत भने तर कमाण्डरले आफ्ना लडाकुले भनेको कुरा मानेन, ऊ जहाज भए नजिकै गएर जहाजमा पेट्राल छर्केर पुरै जहाज जलाइदियो । जहाज पुरै नष्ट भयो ।

उसले आत्तिएका आफ्ना लडाकुलाई आउँदै गरेका शत्रु लडाकु तिर इसारा गर्दै भन्यो “आज हामीले ठुलो संकल्पका साथ नहडबडाइकन आफ्नो काम गर्नुपर्छ ।” तिमिहरुले देखिहाल्यौ मैले जहाज नष्ट गरिसके । हामी भाग्न पनि सक्दैनौ । अव हामी ज्युँदै फर्कनको लागि जसरी पनि उनीहरुलाई जित्नै पर्दछ । नत्र हामी जाने बाटो पनि छैन,साधन पनि छैन । त्यस पछि लडाई शुरु भयो । लडाई जिते । तिनै शत्रु पक्षको भुमि प्रयोग गरेर सकुशल उनीहरुको अर्को नयाँ जहाज लिएर घर फर्के ।

हाम्रो इच्छा शक्ति जति बलियो हुन्छ त्यति नै बढी सफलता पाउने ग्यारेन्टी हुन्छ । कुनै पनि कामको लागि बाटो एउटा मात्र हुनुपर्दछ । सयौ सुरक्षित बाटाहरु रोजियो भने हाामीलाई अरुले सिद्धयाउन पनि सक्छ । यदि एउटा असफल मान्छेले एउटा किराना पसलको व्यापार गर्न खोज्यो भने उसलाई डरलाग्छ । उसले किराना पसल गर्नुभन्दा अगाडी सयौं सुरक्षित बाटोहरु खोजी सक्छ जस्तै यदि मेरो यो पसल चलेन भने मैले कुखुरा पाल्छु वा होटल गर्छु वा माछा पाल्छु आदि इत्यादि सयौं सुरक्षित बाटोहरु तयार गर्छ । अब यदि ऊ किराना पसल शुरु गरिसकेपछि असफल भयो भने ऊ असफल हुनुमा किराना पसलको कत्ति पनि दोष छैन,बरु दोष त उसले बनाएका सुरक्षित बाटाहरुलाई दिनुपर्दछ । गर्छु भने पछि त्यहि गर्नु पर्छ । यहि काम गर्छु भनेर संकःप गर्न सकिएन भने जे काम गर पनि सफल हुन सकिदैन । अतः जे काम गरिन्छ त्यहि कामलाई पुरा गर्ने संकल्प गर्न सक्नुपर्दछ ।

प्रथम दर्जाका व्यक्तिहरुले के गर्छन भने कुन साधन कहाँ प्रयोग गर्दा के गल्ति हुन्छ , कुन काम गर्दा गल्ति हुन्छ, भन्ने कुरा अरुको गल्ति बाट सिक्छन् । आफुले गल्ति नै नगरिकन अरुले गरेको गल्तिलाई आफैले गल्ती गरे बराबर सम्झेर उनीहरु अगाडी बढ्दछन् ।

दोस्रो दर्जाका व्यक्तिहरुले एकपटक गल्ती गरेपछि त्यो गल्ती जीवनमा दोहोरिन दिँदैनन । त्यति गल्तीबाट गतिलो सँग पाठ सिक्छन् । उल्टै त्यो गल्तीलाई धन्यवाद दिन्छन् किनभने त्यो गल्ती नभएको भए मैले यो कुरा सिक्दैनथे भन्ने कुरा उनीहरुले मनमा लिएका हुन्छन् ।

तेस्रो दर्जाका अर्थात मूर्ख व्यक्तिले गल्तीबाट सिक्न खोज्दैनन् । गल्ती बाट सिक्नुपर्ने ठाउँमा उल्टै मैले यो गल्ती गरेकै छैन भनेर अरुलाई दोष लगाउँछन् । बारम्बार एउटै गल्ती गर्दछन् र पछि पर्दछन् ।