सभाध्यक्ष नै कुचो बोकेर बढार्नथालेपछि…


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : आइतबार, भाद्र १९ २०७९
1.4K
SHARES

काठमाडौँ – ईश्वर चन्द्र विद्या सागरलाई इगंल्याण्डमा एक सभाको अध्यक्षता गर्नु थियो । उनी समयका धेरै हेक्कावाल मानिस थिए । उनी निश्चित समयका सभा भवन पुग्दा सभा भवनको बाहिर मानिसहरु घुमिरहेका थिए ।

के हुँदैछ भनेर सोध्दा सफाई कर्मचारी नआएकाले भवनको सफाई भएको छैन भन्ने थाहा पाए । विद्या सागरले यो सुनेपछि कुचो उठाएर आफै सफा गर्न थाले । उनले यस्तो गरेको देखेर सबैले कुचो लाउन थाले । सारा फर्निचर यथा स्थानमा लगाए र सभा प्रारम्भ भयो ।

ईश्वर चन्द्र विद्यासागर सीआईईको बास्तविक नाम ईश्वर चन्द्र बन्द्योपाध्याय हो । उनी भारकका एक चर्चित शिक्षाविद् र समाज सुधारक हुन् ।