एड्भोयको अब्रोड स्टडी एक्स्पो भोलि, विद्यार्थीलाई सुविधै सुविधा


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : सोमबार, असोज ३ २०७९
551
SHARES

काठमाडौँ – एड्भोयको अब्रोड स्टडी एक्स्पो भोलि हुने भएको छ । हात्तिसार स्थित अरन्या बुटिक होटलमा स्टडी एक्स्पो हुने भएको हो ।

उक्त एक्स्पोमा विद्यार्थीले युके र क्यानडा केन्द्रीत परामर्श सेवा प्राप्त गर्ने एड्भोयले जनाएको छ । एक्स्पोमा प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिहरूले नेपाली विद्यार्थीहरूका जिज्ञासा मेटाउने बताइएको छ ।

पछिल्लो समय युके र क्यानडा अध्ययन गर्न जाने विद्यार्थीको संख्या अत्यधिक बढिरहेका बेलामा एड्भोय एक्स्पोको आयोजना गरेको एड्भोय नेपालका निर्देशक फिलिप डिसिले बताए । एक्स्पोमा युके र क्यानडाबाट १५ भन्दा बढी विश्वविद्यालयहरूको सहभागिता रहनेछ भने विद्यार्थीहरूले स्पट एसेस्मेन्ट, थप छात्रवृत्तिको सुविधा, विश्वविद्यालयका प्रतिनिधिहरूबाट परामर्शसहित शीघ्र अफर लेटरको सुविधा पाउने डिसीको भनाई छ ।

त्यस्तै एड्भोयको बृहत् कोर्सहरूको सूचिबाट आफूलाई उपयुक्त हुने कोर्स छनोट गर्ने अवसर पनि विद्यार्थीले पाउनेछन् । विद्यार्थीमा रहेका भिसा सम्बन्धी, छात्रवृत्ति सम्बन्धी र अन्य जिज्ञासाहरू सम्बन्धित शैक्षिक संस्थाकै प्रतिनिधि बाट समाधान गराई दुई दिन भित्र अफर लेटर प्रदान गर्ने उद्देश्यले एक्स्पो आयोजना गरिएको उनको भनाइ थियो ।