एड्भोयको अब्रोड स्टडी एक्स्पो सुरु, विद्यार्थीकाे उल्लेखनिय सहभागिता


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : मंगलबार, असोज ४ २०७९
2.3K
SHARES

काठमाडौँ – एड्भोयको अब्रोड स्टडी एक्स्पो सुरु भएको छ । हात्तिसार स्थित अरन्या बुटिक होटलमा विहान ११ बजेदेखि स्टडी एक्स्पो सुरु भएको हो ।

उक्त एक्स्पोमा विद्यार्थीकाे उल्लेखनीय सहभागिता रहेको छ । विद्यार्थीले युके र क्यानडा केन्द्रीत परामर्श सेवा प्राप्त गरिरहेका छन् । एक्स्पोमा प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिहरूले नेपाली विद्यार्थीहरूका जिज्ञासा मेटाउने प्रयास गरेका छन् ।

एक्स्पोमा युके र क्यानडाका १५ भन्दा बढी विश्वविद्यालयहरूको सहभागिता रहेकाे छ । विद्यार्थीहरूले स्पट एसेस्मेन्ट, थप छात्रवृत्तिको सुविधा, विश्वविद्यालयका प्रतिनिधिहरूबाट परामर्शसहित शीघ्र अफर लेटरको सुविधा पाउने वताईएकाे छ ।

सहभागी विद्यार्थीहरुले १ हजार रूपैयाँसम्मकाे गिफ्ट प्राप्त गर्न आयाेजकले जनाएकाे छ ।