नेपाल लाइफ इन्स्योरेन्सले सुरु गर्यो Dynamic QR Payment System


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : मंगलबार, असोज ४ २०७९
228
SHARES

काठमाडौँ – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ई—सेवासँगको सहकार्यमाDynamic QR Payment Systemसंचालनमा ल्याएको छ । आइतबार दिउसो इन्स्योरेन्स कम्पनीको काठमाडौँ शाखामा आयोजित एक विषेश समारोहकका बिच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले रिबन काटेर उक्त सेवा संचालनमा ल्याएको हुन् ।

कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले Dynamic QR को माध्यमबाट आफ्नो तथा आफ्नो परिवारको प्रिमियम भुक्तानी गरि सेवाको सुचारु गरेका थिए । यो सेवा सुचारुका साथै नेपाल लाइफ इन्स्योरेन्स Dynamic QR Payment System सेवा उपलब्ध गराउने नेपालकै पहिलो र एक मात्र जीवन बीमा कम्पनी बनेको छ । अब नेपाल लाइफका देशै भरिका शाखा तथा उपशाखाहरूबाट Dynamic QR को माध्यमबाट भुक्तानी गर्न सकिने छ ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले आधुनिक प्रविधिको प्रयोगबाट ग्राहकलाई सहज, सरल सेवा उपलब्ध गराउन कम्पनी लागि परेको बताए । साथै आउने दिनहरुमा पनि डिजिटल रुपान्तरणको अभ्यासलाई जारी राख्ने पराजुलीको भनाई थियो ।

Dynamic QR Payment System को माध्यमबाट रु २ लाख सम्मको भुक्तानी ६० भन्दा बढी बैङ्क, सहकारी, लघुवित्त तथा मोबाइल वालेट एप्लिकेसनद्वारा सहजै गर्न सकिने छ । अरु छेत्रमा Dymanic QR पहिले देखि नै प्रचलनमा भएपनि जीवन बीमा छेत्रमा भने यो नयाँ अभ्यास हो । हरेक ग्राहकको लागि फरक फरक QR बन्ने र भुक्तानी गर्नसाथ आफै सिस्टममा अपडेट हुने यसको विशेषता हो ।

कार्यकममा नेपाल लाइफका कर्मचारी, अभिकर्ता र ग्राहक महानुभावहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै ई—सेवाका प्रबन्धक आशिष गौतमले नेपालकै सर्वाधिक विश्वासिलोे नेपाल लाइफ इन्स्योरेन्समा यो सेवाको शुभारम्भ गर्न पाएकोमा कम्पनी प्रति कृतज्ञता जाहेर गरेका थिए ।