‘एनएमबि बजार’ को आयोजना गर्दै एनएमबि बैंक


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : मंगलबार, असोज ४ २०७९
228
SHARES

काठमाडौँ – एनएमबि बैंकले ‘एनएमबि’ बजारको आयोजना गर्ने भएको छ । नेपाली बैंकिङ्ग जगतमै पहिलो पटक बैंकले स्वदेशी सीप, स्वदेशी उत्पादनको दिगो प्रवद्र्घन र प्रोत्साहन हुने गरी प्लाष्टिक रहित बजारको आयोजना गर्न लागेको हो ।

एनएमबि बैंकले नेपालीहरुको महान चाँड दशै र तिहारलाई लक्षित गरी उक्त बजार आयोजना गर्न लागेको छ । उक्त बजारमा ६० भन्दा बढी स्टलहरु रहने बैंकले जनाएको छ । बैंकले आफ्ना ग्राहक कर्जा प्रदान गर्ने मात्र नभई ग्राहकहरुको उत्पादनलाई बजारमा प्रवद्र्घन गर्न सहज होस् भन्ने उद्देश्यका साथ बजारको आयोजना गरिएको बैंकले जनाएको छ । बजार असोज ८ गते, शनिवारको दिन सानेपा स्थित हेरिटेज गार्डेनमा लाग्नेछ ।

बजारमा जुत्ता, लताकपडा, चिया, केक, ह्याण्डीक्राफ्ट, साबुन, सर्फ, झोला लगायत दैनिक जीवनमा आवश्यक सामान क्युआर÷पोस मार्फत सहूलियत मुल्यमा खरिद गर्न सकिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर एसिया २०२१’ बाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ बाट सम्मानित भै सकेको छ ।

एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्च स्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।