अर्थमन्त्रीले ब्याजदर सम्बन्धी छलफलका लागि अर्थ सचिवलाई समेत दिए निर्देशन


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बिहिबार, असोज ६ २०७९
361
SHARES

काठमाडौँ— अर्थमन्त्री जनार्दन शर्माले ब्याजदरको बिषयमा अगामी हप्ता सम्बन्धित निकाय सबैलाई राखेर गम्भीर छलफल गर्न लागेको बताएका छन् । नाडा विद्युतीय एक्सपोको उद्घाटन सभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन ।

‘व्याजदरको सन्दर्भमा उठेका बिषयमा मैले सम्बन्धित निकायहरुसँग छलफल गरिरहेको छु,अर्थमन्त्री शर्माले भने ‘बैंकका प्रतिनिधि,व्यवसायीहरु र अर्थमन्त्रालयका निकायहरु सबैलाई राखेर अगामी हप्ता गम्भीर छलफल र निष्कर्ष निकाल्ने तयारी गरेका छौं’ ।

उनले ब्याजदर सम्बन्धी छलफलका लागि अर्थ सचिवलाई निर्देशन समेत दिइसकेको जानकारी दिए ।

व्याजदरको बिषयमो बोल्दै अर्थमन्त्रीले भने‘ एउटालाई मर्कामा पर्ने,अर्कोले बढी कमाउने भन्ने हुँदैन । अर्थमन्त्रालय त्यो पक्षमा छैन’ ।

उनले बैंकमा पैसा राखेर १४र१५ प्रतिशत आम्दानी लिन पाइन्छ त्यो देशमा उत्पादन सम्भव होला रु भन्दै प्रश्न समेत गरे ।

उनले अटो व्यवसायीहरुलाई नेपालमै विद्युतीय गाडी उत्पादन गर्न आह्वान गरे ।‘अब विद्युतीय गाडी नेपालमै बन्नुपर्छ, सबै मिलेर उद्योग बनाउनुहोस् अथवा १० जनाले १० ओटा उद्योग खोल्नुहोस्’ अर्थमन्त्री शर्माले भने ।

अर्थमन्त्री शर्माले नेपालमै गाडी उत्पादन गर्न सरकारले कहाँ सहुलियत दिनुपर्ने हो भन्दै व्यवसायीलाई आग्रह समेत गरे ।

शर्माले थपे ‘सहुलियत पुगेको छैन भने सरकार त्यसका लागि पनि गर्न तयार छ । सधै बाहिरबाट मात्रै ल्याएर हुँदैन’ ।

चार्जिङ स्टेसनमा सरकारले ५० ओटा मात्रै बनाएर नपुग्ने भन्दै व्यवसायीलाई धेरै भन्दा धेरै चार्जिङ स्टेसन बनाउनुपर्ने उनको भनाई छ ।