नेकपाको ९ औं महाधिवेशनको मिति तोकियो, स्थान पनि परिवर्तन


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बिहिबार, असोज ६ २०७९
627
SHARES

काठमाडौं –  नेपाल कम्युनिष्ट पार्टीको ९ औं महाधिवेशन हुने स्थान सहित मिति तोकिएको छ।

असोज १ गते तय गरिएको अधिवेसन स्थगित भएर अब कहिले हुन्छ भन्ने अन्योलता भएको बेला नेकपा बिरोधी तत्वहरुको गलत प्रचारवाजीलाइ परास्त पार्दै असोज १ गतेलाई तोकिएको स्थान परिवर्तन गर्दै आगामिक असोज २५ गते कपिलवस्तुमा महाधिवेशन गर्ने भएको हो ।

बुधबार सम्पन सचिवालयको बैठकले पार्टीको ९औं महाधिवेशन २५ असोज देखी ३१ सम्म कपिलवस्तुमा गर्ने भएको पार्टी प्रवक्ता प्रकाण्डले बताएका हुन् ।

पार्टी प्रवक्ता प्रकाण्डले समय र परिस्थिति नै प्रतिकुल हुन गएकोले केही समय सरेको भन्दै अब २५ असोज देखी ३१ सम्म हुन बताए ।

प्रवक्ता प्रकाण्डले महाधिवेशनले ९ औं महाधिवेशन विचार, राजनीतिक बहसको हिसाबले ऐतिहासिक हुन पनि बताए । प्रवक्ता प्रकाण्डले महाधिवेशनको सम्पूर्ण तयारी अन्तीम चरणमा रहेको बताउदै बाँकी तयारीमा जुट्न सिंगो पार्टी पंक्तिलाई निर्देशन गरिएको बताए ।