रसियाको राजदूत बन्न योग्यता बढाउँदै अशोक शेरचन

शुक्रबार, ७ असोज २०७९

काठमाडौं – प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अशोक शेरचन रसियाको राजदूत बन्न कम्मर कसेर लागेका छन् । राजदूतका लागि योग्यता बढाउन शेरचन नेपाल रसिया चेम्बर अफ कमर्स अध्यक्ष बनेका छन् ।

कमर्सको २५ औं साधारणसभाले बैंकर शेरचनलाई अध्यक्षमा निर्वाचित गरेको हो । शुक्रबार राजधानी काठमाडौँमा सम्पन्न साधारणभाले उनको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

संघको निवर्तमान अध्यक्षमा नरेशलाल श्रेष्ठ तथा मानार्थ सदस्यमा राजेशकाजी श्रेष्ठ रहेका छन् भने वरिष्ठ उपाध्यक्षमा दिवस अमात्य तथा उपाध्यक्षद्वयमा कुमार कार्की र निमानुरु शेर्पा निर्वाचित भएका छन् ।

महासचिवमा विष्णुहरि पाण्डे, कोषाध्यक्षमा यमुना श्रेष्ठ तथा सचिवद्वयमा अनुराग गोयल र अविनाश सिलवाल चयन भएका छन् । संघको कार्यकारिणी समिति सदस्यहरुमा अमृत खड्का, अनिल मानन्धर, अनुज भट्टराई, दिपकराज भुसाल, डा. विजय थापा, डा. मणिराम पोख्रेल, डा. उन्नत श्रेष्ठ निर्वाचित भए ।

कार्यकारिणी समितिका अन्य सदस्यहरुमा गोरे शेर्पा, लोकेश्वरमान जोशी, मनोज रसाइली, प्रवीण गौचन, प्रनिलमान सिंह प्रधान, रवि थापा, रुपक राजवंशी, सञ्चित बज्राचार्य र सरोज पाण्डे रहेका छन् ।

संघका नवनिर्वाचित अध्यक्ष शेरचनले विगतमा ठूलो संख्यामा नेपाली विद्यार्थीले तत्कालीन सोभियत संघमा छात्रवृत्तिमा अध्ययन गरेका कारण नागरिक स्तरमै सम्बन्ध विस्तार भइसकेको स्मरण गर्दै नेपाल रसिया चेम्बरका माध्यमले यसलाई नयाँ आयाम दिन आफूहरु लागिपर्ने बताए ।
नेपाल र तत्कालीन सोभियत संघबीच सन् १९५६ मा दौत्य सम्बन्ध स्थापित भएको हो ।

शेरचनले बाहिरी आवरणमा कमर्सको अध्यक्ष देखाएपनि अन्ततः रसियाको राजदूत बन्ने लक्ष्य रहेको शेरचन निकट श्रोतले जनाएको छ । शेरचनसँग राजदूतका लागि अध्ययन, अनुभव र क्षमता भएपनि त्यससँग सम्बन्धीत राजनैतीतिक गतिविधिहरु थिएनन् । कमर्सको अध्यक्ष भइसकेपछि उनीमा राजदूत बन्न योग्यता पुगेको छ ।

सेनचुरी कर्मिसियल बैंकसँग मंर्ज भएपछि पनि सीईओ बन्न लागेको शेरचन त्यसपछि राजदूत बन्ने योजनामा छन् । ५ बर्ष पछिका लागि राजदूत बन्न उनले सम्पूर्ण योग्यता तयारी पारेका हुन् ।