इक्यानका पूर्वअध्यक्ष पाण्डे नेपाल रसिया चेम्बर अफ कमर्सको महासचिवमा निर्वाचित


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : शुक्रबार, असोज ७ २०७९
1K
SHARES

काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का पूर्वअध्यक्ष विष्णुहरी पाण्डे नेपाल रसिया चेम्बर अफ कमर्सको महासचिवमा निर्वाचित भएका छन् । बैंकर अशोक शेरचनको अध्यक्षमा निर्वाचित नयाँ कार्यसमितिमा पाण्डे महासचिव बनेका हुन् ।

कमर्सको २५ औं साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा दिवस अमात्य तथा उपाध्यक्षद्वयमा कुमार कार्की र निमानुरु शेर्पा निर्वाचित भएका छन् । कोषाध्यक्षमा यमुना श्रेष्ठ तथा सचिवद्वयमा अनुराग गोयल र अविनाश सिलवाल चयन भएका छन् ।

कार्यकारिणी समिति सदस्यहरुमा अमृत खड्का, अनिल मानन्धर, अनुज भट्टराई, दिपकराज भुसाल, डा। विजय थापा, डा। मणिराम पोख्रेल, डा। उन्नत श्रेष्ठ निर्वाचित भए ।

कार्यकारिणी समितिका अन्य सदस्यहरुमा गोरे शेर्पा, लोकेश्वरमान जोशी, मनोज रसाइली, प्रवीण गौचन, प्रनिलमान सिंह प्रधान, रवि थापा, रुपक राजवंशी, सञ्चित बज्राचार्य र सरोज पाण्डे रहेका छन् । कार्यसमितिमा सदस्यका निर्वाचित भुसाल इक्यानका महासचिव हुन् ।