तेस्रो पटक किन सीईओ बन्दैछन् अशोक शेरचन ?

काठमाडौँ – ‘विश्वास लिन्छौं, विश्वास दिन्छौँ’ यो प्रभु बैंकको नारा हो । बैंकिङ क्षेत्रमा यो नारा सबैभन्दा उत्कृष्ट मानिन्छ । नारा प्रभु बैंकको भए पनि अरु बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकलाई विश्वास दिलाउन बारम्बार यो शब्दको उच्चाहरण गर्छन् । यो नाराका आविस्कारक हुन् प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन ।
शेरचनले नारा त बनाए तर यो नारा अनुसारको काम भने कत्ति पनि गरेनन् । उनले पुरानो बिग्रिएको आन्तरिक प्रणालीलाई सुधार गर्न खोज्दाखोज्दै नारालाई न्याय दिन सकेनन् । एकातिर टाल्न खोज्दा अर्कोतिर च्यातिएर गयो, अर्कोतिर टाल्नखोज्दा झन् धेरै च्यातियो । …