सस्तोमा ‘पिटिईको डेट’ बुक गरिदिने भन्दै काठमाडौंमा ठगहरूको बिगबिगी

काठमाडौं – एक शैक्षिक परामर्श व्यवसायीहरूको छापा संगठनका अध्यक्षलाई भेट्न भारतीयहरूको समूह उनको कार्यालयमा आइपुग्यो । अध्यक्षमार्फत सबै व्यवसायीहरूलाई भेटेर आफ्नो व्यवसायीक स्वार्थ पुर्ति गर्न सकिन्छ की भन्ने हेतुले उनीहरु कार्यालयमा पुगेका थिए । सामान्य परिचयपछि उनलाई भारतीयहरूले आफ्नो व्यवसायीक योजना सुनाए ।
‘हामी सस्तोमा पिटिईको डेट बुक गरिदिन्छौं, विद्यार्थीको स्वास्थ्य इस्योरेन्स र ट्राभल टिकट पनि किनीदिन्छौं । यसले व्यवसायीलाई पनि राम्रो हुन्छ । विद्यार्थीलाई पनि सस्तो पर्छ ।’, उनीहरूको प्रस्ताव उदृढ गर्दै अध्यक्षले भने, ‘हाम्रो पैसा विदेशमा फसेको छ । उक्त रकमलाई लिएर आउन हामीले यो अफर ल्याएका हौँ । …