किन अल्झिन्छ मान्छे याे सहर काठमाडौमा ?

जहाँ अाफन्त छैन ,भिडहरु मात्र छन् ,
जहाँ मानवता छैन , मान्छेहरु मात्र छन् ।
तर किन अल्झिन्न्छ मान्छे याे सहर काठमाडौमा ?
अाफ्नाहरु नि अाफ्ना रहन्न याे सहरमा,
दु:ख अनि सुख देखिन्न याे सरमा ।
फेरि किन अल्झिन्छ मान्छे
याे सहर काठमाण्डाैमा ।
छैन फुर्सद सास फेर्न पनि,
अनि अाफन्तलाइ भेट्न पनि,
चिन्दैनन् अाफ्नै बा – अामा
अनि अाफन्त पनि,
अनि, किन अल्झिन्छ मान्छे
याे सहर काठमाडौमा ?