सानिमा बैंकका अध्यक्षलाई कारवाही गर्न माग गर्दै सञ्चय कोषमा पर्यो उजुरी

काठमाडौं – सानिमा बैंकका अध्यक्ष टुकप्रसाद पौडेललाई कारवाहीको माग गर्दै कर्मचारी संचयकोषमा उजुरी परेको छ । सूचना अभियान्ता तथा बैंकका शेयरधनी अंगराज भारतीले बैंकको रकम हिनामिना गरेर चलाएको आरोप लगाउँदै कर्मचारी सञ्चय कोषमा उजुरी दिएका हुन् ।
बैंकमा ४ प्रतिशतभन्दा धेरै शेयर रहेको कोषलाई आगामी साधारणसभामा अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर हटाउन उनले माग गरेका छन् । भारतीले कोषका कार्यकारी प्रमुखलाई सम्बोधन गर्दै आवश्यक छानबिन गरी अविश्वासको प्रस्ताव पेश गर्न अनुरोध गरेका हुन् ।
‘सानिमा बैंकले २ अर्व १२ करोड रुपैयाँ चोरी गरेको देखिएको भन्दै यस विषयमा थप अध्ययन गरी, छानबिन गरी, चोरी …