इक्यान केन्द्रले बिपिपी युनिभर्सिटी बोक्दा चितवनमा भूकम्प

काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले बेलायतको बिपिपि युनिभर्सिटीलाई बोकेर देशभर युनिभर्सिटी प्रमोशनमा जुटेपछि चितवन शाखामा विवाद देखिएको छ । तालिम तथा प्रशिक्षण विभाग प्रमुखलाई जानकारी नै नदिई इक्यान केन्द्रले विचौलियालाई लिएर युके अध्ययनसम्बन्धी तालिम राखेपछि चितवन शाखामा विवाद उत्पन्न भएको हो ।
शाखाका तालिम प्रशिक्षण विभाग प्रमुख सन्तोष लोहनीले आफूलाई जानकारी विना तालिम आयोजना गरेर इक्यानमा काम गर्ने बातावरणको अन्त्य गरेको भन्दै कार्यसमिति सदस्य पदबाट राजीनामा दिएका छन् । लोहनीले इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराईलाई सम्बोधन गर्दै राजीनामा बुझाएका हुन् । राजीनामा पत्रमा उनले विभिन्न ९ वटा आरोप लगाउँदै …