फार्म ट्रिप काण्ड : प्रक्रिया गलत भयो होला, यसको जिम्मेवारी म लिन्छु : निरौला

काठमाडौं – स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) का अध्यक्ष राजु निरौलाले अस्ट्रेलिया फार्म ट्रिपका क्रममा प्रक्रिया गलत भएपनि काम गलत नभएको बताएका छन् । ‘फेकनका अध्यक्षले संस्थाको दुरुपयोग गर्दै मानव तस्करी गरेको आरोप’ शीर्षकको समाचार खण्डन गर्दै निरौलाले यो सामान्य विषय भएको बताएका हुन् ।
उनले बैठकको निर्णयभन्दा बाहिरबाट केही साथीहरुको भिसा आवेदन गरेको स्वीकार्दै पैसा लिएर कसैको पनि भिसा आवेदन नलिएको बताए । ‘हामीलाई बैठकको निर्णय अनुसार फार्म ट्रिपका लागि भिसा सिफारिस गर्नुपर्ने हो । निर्णयमा नाम भएका केही साथीहरुले नजाने भन्नु् भयो । हामी आफैले व्यक्तिगत पैसा खर्च …