बेथिति श्रृंखला -२ : ट्वाईलेट पेपरको खर्च बचाएर गभर्नरले चढे करोडौंको गाडी

काठमाडौं – राष्ट्र बैंकको खर्च बचाउन नेपाल सरकारले दिएको क्वाटरमा नबसेर गभर्नर महाप्रसाद अधिकारी आफ्नै घरमा बस्दै आएका छन् । एक अनौपचारीक संवादमा उनले भने, ‘क्वाटरमा बस्दा ट्वाईलेट पेपरदेखि अन्य धेरै खर्च हुन्छ, यो सबै बचाउनको लागि म सरकारले दिएको क्वाटरमा नबसेर आफ्नै घरमा बसेका छु ।’
यति ठूलो गफ दिएका गभर्नर भने राज्यकै कोष सक्नको लागि करोडको गाडी चढ्छन् । त्यो गाडी नेपाल राष्ट्र बैंकले किनेको हो । स्मरण रहोस् नेपाल राष्ट्र बैंकको खुद आम्दानीलाई विभिन्न कोषमा विनियोजन गरी बाँकी बचेको सम्पूर्ण रकम नेपाल सरकारमा जाने भनि ऐनले व्यवस्था गरेको …