दक्षिण कोरियाली दूतावासको वेवसाइट ह्याक गर्ने ८ जना पक्राउ

काठमाडौं – दक्षिण कोरियाली दूतावासको वेबसाइट ह्याक गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । वेबसाइट ह्याक गरेर सेवाग्राहीसँग अवैध रूपमा रकम असुलमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यरो (सिआईबी)को टोलीले विभिन्न ठाउँबाट ८ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेको नाम खुलाइएको छैन । बिचौलियाहरूले वेबसाइट नै ह्याक गरेर सेवाग्राहीबाट भिसाको डेट लिइदिएबापत प्रतिव्यक्ति १० हजारदेखि ४० हजारसम्म लिने गरेको पाइएपछि सिआईबीले छापा मारेर ८ जना बिचौलियालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । सिआईबीका प्रवक्ता प्रहरी उपरिक्षक होविन्द्र बोगटीका अनुसार वेबसाइट ह्याक गरेको आरोपमा ८ जनालाई पक्राउ …