Motivate News

एक्स्पर्टको अर्को कर्तुत वाहिरियो, मिडियामा गएको भन्दै परिवारलाई धम्की (भिडियो सहित)

काठमाडौँ – अष्टे«लियाको एआइबिटी कलेजमा नर्सिङ अध्ययनका लागि सबैभन्दा धेरै विद्यार्थी पठाएर करोडौँ रुपैयाँ कुम्लयाएको एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले विद्यार्थीको समस्यामा सहयोगी बनेर समस्याको समाधानका लागि पहल गर्नु त कता हो कता उल्टै त्यहाँको समस्याका बारेमा मिडियामा आवाज उठाउने विद्यार्थीको परिवारलाई मानसिक यातना हुने गरि धम्कि दिइएको छ ।

केही दिन अघि एक टेलिभिजन कार्यक्रममा एआइबिटी कलेजमा नर्सिङ पढ्न गएका विद्यार्थीहरुले आफ्नो समस्याका बारेमा सामुहिक रुपमा आवाज उठाएका थिए । तत्पश्चात आफ्नो कन्सल्टेन्सीकोे नाम लिएको भन्दै आवाज उठाउने ति विद्यार्थीको परिवारलाई एक्स्पर्टका एक जना प्रतिनिधिले धम्कि दिएका थिए ।

अष्टे«लियामा एक भिडियो प्रेस रिलिज मार्फत पिडित विद्यार्थीले आफ्नो परिवारलाई धम्कि आएको खुलासा गरेकी हुन । विज्ञप्ति मार्फत एक्स्पर्टले आफ्नो जस्तै नाम भएको अरु कुनै कन्सल्टेन्सीले उक्त कलेजमा विद्यार्थी पठाएको हुनसक्ने भन्दै झुटको खेति गरेर अफवाह पैलाएको थियो । त्यती मात्र हैन स्वयम विद्यार्थीको परिवारलाई नै धम्कि दिनुबाट एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसको कालो नियत छर्लङग हुन्छ ।

यो पनि पढ्नुहोस

एआइबिटी प्रकरण : पानी माथिको ओभानो बन्न खोज्यो एक्स्पर्ट, यसरी पर्दाफास भयो उसको झुट

हेर्नुनुहोस भिडियो 

प्रतिकृया दिनुहोस्