एनसेलबाट एक अर्बको सुपारी लिएर टेलिकमको सेवा अवरुद्ध


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बुधबार, असार ९ २०७८
117.7K
SHARES

काठमाडौँ – आज बिहानैदेखि नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध भएको छ । मोबाइल सेवा अवरुद्ध हुँदा देशभरका दुई करोड भन्दा बढी प्रयोगकर्ता प्रभावित भएका छन् ।

राष्ट्रियताको मामलामा कठोर रहेका नेपाली जनता सञ्चार सेवाबाट वञ्चित भएका छन् । सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकमको सेवा अवरुद्व भएपछि धेरै जनता आक्रोाषित भएका छन् । सरकारी संस्थाको प्रवर्द्धन गर्नपर्छ भनेर नेपाल टेलिकमको मोबाइल मात्र प्रयोग गर्दै आइरहेका राष्ट्रवादी नेपालीलाई नेपाल टेलिकमको सेवा अवरोधले ठूलो झट्का दिएको छ ।

‘राष्ट्रवादी नभएर एनसेलको सिम समयमै लिएको भए समस्या नआउने रहेछ ।’ नेपाल टेलिकमका प्रयोगकर्ता जिनिस खड्काले भने, ‘आजसम्म टेलिकम भनेर बसियो । टेलिकमका कर्मचारीहरूले भने सेवा अवरुद्ध गरेर कति पैसा कुम्ल्याएका हुन् ।’

टेलिकमको नेतृत्वमा भ्रष्ट प्रवृत्तिका व्यक्तिहरूको प्रवेशले राष्ट्रवादी नेपालीलाई ठूलो धोका भएको छ । एनसेल लगायत अन्य मोबाइल प्रदायक संस्थाको नेटवर्कमा कहिल्यै समस्या नआउने तर टेलिकमको सेवामा बारम्बार समस्या आउनुलाई सामान्य रूपमा लिएका छैनन् ।

नेपाल टेलिकमको उच्च नेतृत्वले दिएको जानकारी अनुसार संस्थाका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र एनसेल अक्जियाटा लिमिटेडका प्रतिनिधिबिच केही दिन अघि रहस्यमय भेट भएको थियो । ‘एक प्रतिस्पर्धी संस्थाका प्रमुख र प्रतिनिधिबिच भेटघाट हुनु रहस्यको कुरा हो । मलाई लागेको थियो केही दिनमा यस्तो समस्या आउँछ ।’ नाम उल्लेख नगर्ने सर्तमा ती कर्मचारीले भने, ‘केही नभए पनि १ अर्ब भन्दा धेरैमा डिलिङ भएको छ । नेतादेखि कर्मचारी सबैलाई मिलाउँदा एनसेलले ठूलो रकम दिएको हुन सक्छ ।’

‘मङ्गलवार दिउसो यस विषयमा नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा गाँईगुई हल्ला चलेको थियो ।’ अर्का एक प्रबन्ध निर्देशक अधिकारीका सदाबहार विरोध खेमाका कर्मचारीले भने, ‘सरकारलाई सायद चुनाव खर्च चाहिएको थियो । त्यही रकम उठाउन सेवा अवरुद्ध गरिएको हुन सक्छ ।’

१ मिनेट मात्र सेवा अवरुद्ध हुँदा त जनताले विकल्प खोज्ने चौथो पुस्ताको समयमा घण्टौँ सेवा अवरुद्ध हुँदा साथमा अर्को कम्पनीको सिम राख्न पर्ने रहेछ भन्ने मानसिकता जो कोहीमा पनि आउने र प्रतिस्पर्धी कम्पनीको व्यापारमा टेवा पुग्ने भएकाले टेलिकमले यस्तो गरेको जनताको गुनासो छ ।

सेवा अवरुद्ध गर्दा अत्यावश्यक काम भएका व्यक्तिलाई कति ठूलो वर्जपात पर्यो होला कल्पना गर्न पनि सकिदैन । बिहान ५ बजेदेखि साढे ८ बजेसम्म मोवाइल सेवामा समस्या आएको थियो । साढे तीन घण्टा पछि सेवा सुचारु भएको छ ।

यो पनि पढ्नुहोस्

मृतक परिवारको पीडामा ‘नुन खुर्सानी’ छर्किदै भारतीय बीमा कम्पनी एलआईसी नेपाल