कारवाहीमा पर्यो एनसीसी बैंक, अनलाइन सिस्टम पनि बन्द


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बिहिबार, साउन १९ २०७९
57.6K
SHARES

काठमाडौँ – नेपाल राष्ट्र बैंकले नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकसहित दुई वटा बैंकलाई कारवाही गरेको छ। राष्ट्र बैंकले चौथो त्रैमासमा अनिवार्य नगद मौज्दात नपुर्‍याएको भन्दै एनसीसी र स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई कारवाही गरेको हो ।

एनसीसी बैंकले करिब ५० हजार रूपैयाँ र स्ट्यान्डर्ड चार्टर्ड बैंकले करिब ६४ हजार हर्जाना तिरेका हुन्। बैंकहरूले कुल निक्षेपको आधारमा करिब तीन प्रतिशत अनिवार्य नगद मौज्दात राख्नुपर्ने व्यवस्था छ। चालू आर्थिक वर्षबाट भने यो दर बढाएर चार प्रतिशत बनाइएको छ ।

एनसीसी बैंकको अनलाइन सिस्टम पनि विग्रीएको छ । सिस्टम विग्रीएपछि एनसीसीका ग्राहकहरुको खातामा अनलाईन भुक्तानी गर्न समस्या भएको छ । प्राविधिक कारणले केही समय अनलाइन सिस्टम बन्द भएको बैंकले जनाएको छ ।

बैंक संस्थागत सुशासनमा पनि धेरै कमजोर देखिएको छ । यसअघि बैंकको लापरवाहीका कारण नेपालबाट बेलायत पुगेका विद्यार्थी अध्यागन विभागबाटै फर्किएका थिए । एनसीसी बैंकबाट शैक्षिक कर्जा लिएका विद्यार्थीको बैंकले खाता समेत नखोलेर कर्जा स्वीकृति गरेको भन्दै अध्यागमनले विद्यार्थी फिर्ता गरेको थियो ।

 

कस्तो अच्चम ! खाता नखोलेरै ऋण दिन्छ एनसीसी बैंक