Motivate News

पारस खड्कालाई देखाएर यसरी मच्चाउथ्यो एक्स्पर्टले ठगी धन्दा

काठमाडौँ –  अस्ट्रेलियामा दर्ता नै नभएको अस्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआईबीटी)मा सबैभन्दा बढी विद्यार्थी पठाउने मध्यको एक एक्स्पर्ट एजुकेशन एन्ड भिसा सर्भिसेसले नेपाली क्रिकेट टिमका कप्तान पारस खड्कालाई बार्षिक मोटो रकम दिएर कम्पनीको ब्राण्ड एम्बासडर बनाएको थियो ।

यूवा पुस्ताको अत्यन्तै फ्यान फ्लोवर्स भएका कप्तान खड्कालाई ब्राण्ड एम्बासडर बनाउदा धेरै भन्दा धेरै विद्यार्थीलाई आफ्तिर लान्ने अभिप्रायकासाथ एक्स्पर्टले पारसलाई ब्राण्ड एम्बासडर बनाएको थियो । एआबिटीमा नेपाली विद्यार्थी विचल्लीमा परेपछि एक्स्पर्टका कर्तुतहरु एक एक गर्दै वाहिर आइरहेका छन । देशै भर शाखा संजाल भएको एक्स्पर्टले विद्यार्थीहरुले एक्स्पर्टबाट ठगीएको आवाज बाहिर ल्याएपछि हतार हतार विज्ञप्ति जारी गर्दै सो कलेजमा आफूले विद्यार्थी नपठाएको बताएपनि उसको झुटको प्रदाफास भएपछि सो विज्ञप्ति डिलिट गरिएको छ ।
यता एक्स्पर्टको पोल खोलेको भन्दै एक्स्पर्टको नाम लिने भन्दै विद्यार्थीका परिवारलाई सो कन्सल्टेन्सीका प्रतिनिधिले धम्कि दिइरहेको खुल्न आएको छ । एक्स्पर्टका अरु कर्तुतका फलोवर्सहरु निरन्तर प्रकाशन गर्नेछौँ ।

यो पनि पढ्नुहोस

एक्स्पर्टको अर्को कर्तुत वाहिरियो, मिडियामा गएको भन्दै परिवारलाई धम्की (भिडियो सहित)

एआइबिटी प्रकरण : पानी माथिको ओभानो बन्न खोज्यो एक्स्पर्ट, यसरी पर्दाफास भयो उसको झुट

प्रतिकृया दिनुहोस्