मोटिभेट समाचार प्रभाव : घुस लिएर टेलिकमको सेवा अवरुद्ध गरेको विषयमा छानविन सुरु


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : आइतबार, असार १३ २०७८
12.4K
SHARES

काठमाडौँ – मोटिभेट न्यूज डटकमले दुरसंचार प्रदायक कम्पनी एनसेलबाट ठूलो रकम घुस लिएर नेपाल टेलिकमको सेवा अवरुद्ध गरेको समाचार संप्रेशण गरेपछि हङ्गामा भएको छ । टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले प्रधानमन्त्रीकै निर्देशनमा घुस लिएर सेवा अवरुद्ध गरेको समाचार सर्वाजनिक भएपछि सरकारले उच्चस्तरिय छानविन समित गठन गरेको छ । मोटिभेटले ‘एनसेलबाट एक अर्बको सुपारी लिएर टेलिकमको सेवा अवरुद्ध’ शिर्षकमा समाचार लेखेको थियो ।

मोटिभेटले समाचार लेखेपनि समाजिक सञ्जाल तथा टेलिकम भित्रैपनि पटक पटक सेवा अवरुद्धको बिषयमा चर्को विरोध भएको थियो । यसरी चौतफी विरोध भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालले छानविन समिति गठन गरेको हो । बुधबार बिहान करीव तीन घण्टा टेलिकमको भ्वाइस सेवा अवरुद्ध भएको थियो ।

त्यस बिषयमा समाजिक सञ्चाल तथा टेलिकम भित्रैपनि व्यापक असन्तुष्टि देखिएपछि उक्त बिषयको छानविन र अध्ययन गर्न टेलिकमकी पूर्व प्रवक्ता प्रतिभा वैद्यको नेतृत्वमा उच्चस्तरीय समिति गठन भएको हो । सो समितिले यस अघि सेवामा आएको समस्या र आगामी दिनको सेवा गुणस्तरको बिषयमा अध्ययन गर्ने जनाइएको छ ।

बुधबार घण्टौंसम्म टेलिकमको सेवा उपभोग गर्न नपाएपछि सेवाग्राहीले चर्को विरोध गरेका थिए । टेलिकमका पुर्व प्रवन्ध निर्देशक लगाएतले पनि टेलिकमको सेवा खस्किदै गएको टिकाटिप्पणी गरेको थिए । त्यसैगरी दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनले सरकारलाई टेलिकमको सेवा अध्ययनको लागि ध्यानाकर्षण समेत गराएको थियो । संगठनले दुरसंचार प्राधिकरणमा गएर निष्पक्ष छानविनको मागसमेत गरेको थियो ।

उक्त समितिमा पुल्चोक इन्जिनियरिङको तर्फबाट प्राविधिक १ जना, मन्त्रालयका प्राविधिक १ जना, दूरसञ्चार प्राधिकरणको तर्फबाट एक प्राविधिक, टेलिकमका उप–प्रबन्धक केपी भण्डारी, आन्तरिक लेखा परीक्षण विभागकी चाटर्ड अकाउन्टेन्ट शुभा कायस्थ सदस्य रहेका छन् ।

अब यो समितिले पटक पटक सेवामा समस्या आउनुको कारण, समस्याको समाधान र प्राविधि बिषयमा केन्द्रीत रहेर १० दिन भित्र सञ्चार सचिवलाई प्रतिवेदन बुझाउने छ ।

अघिल्लो पटक यसैगरी सेवा अवरुद्ध भएपछि मुसाले तार कोटेको भनेर विषयलाई सामसुम पारिएको थियो । यो पटक पनि टेलिकमभित्रकै व्यक्तिलाई संयोजक बनाएर समिति गठन गरेपछि त्यस्तै हुने होकी ? भनेर आशंका व्यक्त गरिएको छ ।

एनसेलबाट एक अर्बको सुपारी लिएर टेलिकमको सेवा अवरुद्ध