एआइबिटी प्रकरणमा फेरी बोल्यो एक्स्पर्ट, डरायो की सच्चियो ?
काठमाडौँ – एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले एआइबिटी कलेजमा आफूले विद्यार्थी पठाएको स्विकारोक्ति सहित अर्को प्रेस विज्ञप्ति जारी गरेको छ ।
यस अघि एआइबिटीमा आफूले विद्यार्थी नपठाएको बरु आफ्नो जस्तै नाम हुने अन्य कुनै कन्सल्टेन्सीले पठाएको होला भन्दै विज्ञप्ति जारी गरि जिम्मेवारीबाट भाग्न खोजेको एक्स्पर्टले अन्तत उसको झुटको खेती धेरै समय नटिकेपछि आफ्नो संलग्नता स्विकार्न बाध्य भएको हो । पछिल्लो विज्ञप्तिमा एक्स्पर्टले आफ्ना १५ जना विद्याथीहरु एआइबिटीमा अध्ययन गरिरहेको र अहिले उनीहरु सबैजना सम्पर्कमा रहेको बताएको छ ।
विद्यार्थीको परिवारलाई धम्की दिइएको नभई सामान्य सोधपुछ मात्र गर्दापनि त्यसलाई धम्किको रुपमा प्रचार भएको भन्दै उसले विद्यार्थीको परिवारसंग भएको कुराकानीको कल रेकर्ड दुरसंचारबाट उपलब्ध गराई सार्वजनिक गर्न पनि आफ्नो स्किारोत्ती रहेको बताएको छ ।
एक्स्पर्टको झुट र गैह्रजिम्मेवार पूर्ण ब्यवहारको मोटिभेट न्यूजले सत्य तथ्य प्रमाण सहित निरन्तर प्रकाशन गर्दै आइरहेको छ र गर्दै आइरहनेछ ।
यो पनि पढ्नुहोस
एक्स्पर्टको अर्को कर्तुत वाहिरियो, मिडियामा गएको भन्दै परिवारलाई धम्की (भिडियो सहित)
एआइबिटी प्रकरण : पानी माथिको ओभानो बन्न खोज्यो एक्स्पर्ट, यसरी पर्दाफास भयो उसको झुट
पारस खड्कालाई देखाएर यसरी मच्चाउथ्यो एक्स्पर्टले ठगी धन्दा
