शैक्षिक परामर्श व्यवसाय ध्वस्त पार्दै फ्र्याङ्कलिनका दीपक खड्का
काठमाडौं – शैक्षिक परामर्श व्यवसाय ध्वस्त हुनेगरी फ्रयाङ्कलिन एजुकेशनल कन्सल्टेन्सीका दीपक खड्काले अबैध धन्दा चलाएको पाइएको छ । बेलायतमा भारतीयहरुले संचालन गरेका निजी विश्वविद्यालयको मार्केटिङ गरिरहेका खड्काले परामर्श व्यवसायलाई बदनाम बनाउन अबैध धन्दा चलाइरहेको खुलासा भएको हो । काठमाडौंमा केन्द्रीय कार्यालय राखेर देशभर शाखा सञ्जाल भएका ठूला शैक्षिक कन्सल्टेन्सीहरुले उनले मार्केटिङ गरिरहेका विश्वविद्यालयमा भर्ना गर्न नमानेपछि बदला लिन उनले यस्तो धन्दा चलाएका हुन् । खड्काले उपत्यका बाहिर रहेका ठूला कन्सल्टेन्सीका ब्रान्च म्यानेजरलाई राम्रो कमिसन दिनेभन्दै प्रभावमा पारेर व्यक्तिगत रुपमा सम्झौता गर्दै हिडेका छन् ।
खड्काले आफूसँग भएका बीपीपी विश्वविद्यालय र युनिभर्सिटी अफ दी वेस्टअफ स्कटल्याण्ड लण्डन क्याम्पसमा सिधा भर्ना दिने भन्दै शाखा लिएर बसेका व्यवसायीलाई प्रभावमा पारेर विद्यार्थी भर्ना गरिरहेको मोटिभेट न्यूजलाई प्राप्त प्रमाणले देखाएको छ । हेटौडाबाट प्राप्त प्रमाण अनुसार उनले विद्यार्थीले पठाउने ट्युसन फिको २० प्रतिशतभन्दा माथि कमिसन दिने प्रलोभन देखाएका छन् । केन्द्रीय कार्यालयसँग सम्झौता गरी शाखा खोलेर काम गरिरहेका व्यवसायीसँग सिधै सम्पर्क गरी खड्काले एजेण्ट बनाएपछि बजारमा खैलाबैला मच्चिएको छ ।
इक्यान केन्द्रले बिपिपी युनिभर्सिटी बोक्दा चितवनमा भूकम्प
उनले पोखरा, चितवन, हेटौडा, बुटवल, इटहरी लगायतका सहरमा गएर व्यवसायीसँग प्रत्यक्ष सम्झौता गर्दै विद्यार्थी उठाइरहेका छन् । ‘काठमाडौंमा केन्द्रीय कार्यालय भएका शैक्षिक कन्सल्टेन्सीहरुले प्राइभेट विश्वविद्यालयमा विद्यार्थी भर्ना गर्न रुची नराखेपछि दीपक उपत्यका बाहिर गएर तिनै कन्सल्टेन्सीका ब्रान्च म्यानेजरलाई भेटेर सम्झौता गर्दै विद्यार्थी उठाइरहेका छन् । मेरो अफिसमा गएर पनि यस्तो हर्कत गरेछ ।’, काठमाडौंमा केन्द्रीय कार्यालय राखेर देशभर शाखा सञ्जाल भएको एक कन्सल्टेन्सीका संचालकले भने, ‘उसले व्यक्तिगत रुपमा सम्झौता गर्दै कमिसनको डिल गर्नु गैरकानूनी हो । व्यक्तिमार्फत बेलायत पुगेका विद्यार्थीलाई केही समस्या भयो भने कसले जिम्मा लिन्छ ? यो व्यवसायसँग सम्बन्धीत विषयमात्र होइन, विद्यार्थीको भविश्यको सवाल पनि हो ।’
नक्कली अफर लेटर बनाएर विद्यार्थीको भविश्य डामाडोल बनाएको, बैंकको शैक्षिक कर्जा मिलाइदिने भन्दै विद्यार्थीबाट जनही २ लाख ५० हजार लिएर ठगेको, शैक्षिक परामर्श व्यवसायीलाई समयमा कमिसन नदिएको र बेलायतबाट हुण्डिमार्फत व्यवसायीलाई कमिसन पठाएको आरोप लाग्दै आएका खड्काले शैक्षिक परामर्श व्यवसायीलाई नै ठग्नु अनौठो नभएको एक अर्को व्यवसायीको भनाई छ । ‘यो दुई तीन वर्ष अघि एउटा रिसर्च गर्छु भन्दै कन्सल्टेन्सीका अफिसहरु धाइरहेको थियो । पछि भारतीयको लगानी रहेको निजी विश्वविद्यालयमा विद्यार्थी भर्ना गर्नपर्यो भनेर आयो ।’, ति व्यवसायीले भने, ‘अहिले ठूलो शैक्षिक कन्सल्टेन्सीसँग पङ्गा लिइरहेको छ । यस्तै हो भने उसको एक्स्क्लुसिभ खोसिन सक्छ ।’
शैक्षिक कर्जा मिलाइदिने भन्दै विद्यार्थीसँग लाखौं रकम असुल्दै फ्र्याङ्कलिन एजुकेशन कन्सल्टेन्सी
उनले विद्यार्थीलाई छात्रबृत्ति दिन्छु भनेर बेलायत पुगेपछि विद्यार्थीलाई ठग्ने गरेको अर्का एक व्यवसायीले आरोप लगाएका छन् । ‘सुरुमा मैले पनि यो मान्छेसँग काम गरेको थिएँ । समयमा कमिसन नदिएपछि र विद्यार्थीले ठगीएको महसुस गरेपछि मैले काम गर्न छोडिदिएँ ।’, नाम उल्लेख नगर्ने सर्तमा उनले भने, ‘छात्रबृत्ति पाएको भनेर मख्ख पर्दै बेलायत पुगेका विद्यार्थी ठगीने गरेका छन् । अध्ययन अवधिभर छात्रवृत्ति पाइन्छ भनेर मख्ख पर्दै बेलायत पुगेका विद्यार्थी दोश्रो बर्षमा पुरै ट्युसन फि तिर्नपर्दा हैरान छन् ।’ यो विषयमा बुझ्न खोज्दा खड्कालाई सम्पर्क हुनसकेन । उनका विचौलियामार्फत सम्पर्क गर्न खोज्दा उनी पोखरामा रहेको बुझिएको छ । यस विषयमा काठमाडौंमा आएपछि भेटेर छलफल गर्ने प्रतिक्रिया दिएको उनका विचौलियाले सुनाए ।
नक्कली अफरलेटर बनाउँछ काठमाडौंको फ्र्याङ्कलिन एजुकेशनल कन्सल्टेन्सी