Motivate News

एक्स्पर्टको अर्को धन्दा : ट्राफिकलाई नै प्रलोभनमा पारेर विद्यार्थी ठगी

चितवन – शैक्षिक परामर्शका नाममा झुटो आश्वाशन दिएर अष्ट्रेलियामा विद्यार्थीलाई विचल्ली पार्ने एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस्को अर्को धन्दा मोटिभेट न्यूजले फेला पारेको छ । नेपाली क्रिकेटका कप्तान पारस खड्कालाई बार्षिक मोटो रकम दिएर ब्राण्ड एम्बासडरका रुपमा प्रयोग मात्र गरेन एक्स्पर्टले, कलेजको हाता भित्र नै ट्राफिक सचेतनाको नाममा बडेमानको बोर्ड राखेर विद्यार्थी आकर्षण गर्न खुलेयाम झुटको व्यापार गरिरहेको छ ।

यो पनि पढ्नुहोस् : एआइबिटी प्रकरण : पानी माथिको ओभानो बन्न खोज्यो एक्स्पर्ट, यसरी पर्दाफास भयो उसको झुट

कुनैपनि व्यावसायीक कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न सचेतनामुलक गतिविधिहरु गर्न सक्छन तर यहाँ एक्स्पर्टले त्यही कम्जोरीको फाइदा उठाएर ट्राफिक सचेतना भन्दै कलेज कलेजमा कन्सल्टेन्सीको विज्ञापन गरिरहेको छ । चोरको अनेक दाउ भनेझै एक्स्पर्टले माथि केही ट्राफिकका सचेतना मुलक तस्विरहरु राख्दै तल आफ्नो व्यापारको विज्ञापन गरेको छ ।

यदी विद्यार्थीको मायानै लागेर ट्राफिक सचेतना गरेको हो भने उसले बोर्डमा सैजन्य एक्स्पर्ट मात्र लेख्न सक्थ्यो तर यहाँ त अष्ट्रेलिया पढ्नका लागि एक्स्पर्ट मात्रै हो भनेझै गरि विद्यार्थीहरुमा भावनात्मक ब्ल्याकमेल गरिरहेको छ । हेर्दा ट्राफिक सचेतना गरिएझै गरि आफ्नो ब्यापारका लागि एक्स्पर्टले रचेको अर्को एउटा ठगी धन्दा भन्ने स्पष्ट देखिन्छ ।

यो पनि पढ्नुहोस् : एक्स्पर्टको अर्को कर्तुत वाहिरियो, मिडियामा गएको भन्दै परिवारलाई धम्की (भिडियो सहित)

एक्स्पर्टले यसलाई आफ्नो सामाजिक उत्तरदायित्व भन्दै उल्टै जस लिइरहेको छ । उसले कतिको सामाजिक उत्तरदायित्व लिन्छ भन्ने उसको पछिल्लो व्यवहारलेनै प्रष्ट हुन्छ । अष्ट्रेलियाको एआइबिटी कलेजमा आफ्नै विद्यार्थीहरु विचल्ली परिरहँदा हाम्रोबाट गएका होइनन् भनेर विज्ञप्ति निकाल्ने र विचल्लीमा परेका विद्यार्थीलाई उल्टै धम्किदिने एक्स्पर्टले सामाजिक उत्तरदायित्व बहन गरेछ भनेर विश्वास गर्नुभन्न्दा ठुलो मजाक विषय अरु के होला ?

यो पनि पढ्नुहोस् : पारस खड्कालाई देखाएर यसरी मच्चाउथ्यो एक्स्पर्टले ठगी धन्दा

मोटिभेट न्यूजको विशेष ब्यूरोले गरेको खोजले एक्स्पर्टले ट्राफिक प्रहरीलाई नै प्रलोभनमा पारेर यस्तो ठगी धन्दा मच्चाईरहेको बुझ्न आएको छ । यस सम्बन्धी फ्लोअप सहित एक्स्पर्टको ठगी धन्दाको हामी निरन्तर प्रकाशन गर्दै जानेछौँ ।

यो पनि पढ्नुहोस् : एआइबिटी प्रकरणमा फेरी बोल्यो एक्स्पर्ट, डरायो की सच्चियो ?

प्रतिकृया दिनुहोस्